Photo of Milford Sound in New Zealand

प्रेमिकाकै हत्या गरेर फरार भएका भक्तपुर बागेश्वरीका प्रकाश लामिछानेलाई युएइ प्रहरीले पक्राउ गरेको छ।

रेड कर्नर नोटिसमा रहेका लामिछानेलाई इन्टरपोलमार्फत युएइ प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको एसपी किरण बज्राचार्यले जानकारी दिइन्।

लामिछानेलाई आइतबार साँझ काठमाडौं आउने वित्तिकै विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। उनले गत फागुन ५ गते प्रेमिका राधिका श्रेष्ठ प्रयोग गरेर ब्यापारी श्यामसुन्दर अग्रवालको अपहरण गरेका थिए। अपहरणपछि लामिछानेले प्रेमिकाकै हत्या गरी फरार भएका थिए।

लामिछानेकै योजनामा राधिकाले अग्रवाललाई जरुरी काम छ भन्दै सुन्धाराको होटलमा बोलाएकी थिइन् । होटल पुगेका अग्रवाललाई नियन्त्रणमा लिइ उनीहरुले १० लाख रुपैयाँ फिराैती लिएका थिए।

अग्रवाललाई होटलमा नै थुनेर उनीहरु लामिछानेको भक्तपुरस्थित घरमा गएका थिए। भक्तपुर पुगेपछि अपरहणको पोल खुल्ने डरले लामिछानेले प्रेमिकाको हत्या गरेका थिए।

लामिछानेले राधिकाको हत्या गरी घर भन्दा २ सय मिटर टाढा मुहानपोखरीमा कार्टुनमा हालेर फालेका थिए।

अपहरणमा सम्लग्न सरोज घोरासैनी र किशोर गिरीलाई अपराध महाशाखाको टोलीले यसअघि पक्राउ गरिसकेको छ।

लामिछाने युएइमा फिलिप्स कम्पनीमा काम गर्दथे । उनी गत जनवरीमा दिल्ली हुदैँ युएइ गएको खुल्न आएको छ । sunaulonepal

The post युएईको प्रहरीले सहयोग गरेपछि नेपाल प्रहरीलाई मिल्यो यति ठुलो सफलता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2glKMaJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top