Photo of Milford Sound in New Zealand

२१ असोज, पोखरा । जंगलमा पाइने कालिजको मासु खान मन लागेको छ ? तर, कानुन मिचेर शिकार गर्न जाने कुरा पनि भएन ।

त्यसो हो भने तपाईंको कालिजको मासु खाने रहर अब पूरा हुने भएको छ, त्यो पनि बिना झञ्झट । हो, अब तपाईंले प्रशासनदेखि नडराई पनि कालिजको मासु खान पाइने भएको हो ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना घर भई २३ वर्षदेखी बेल्जियम बस्दै आएका पदम अधिकारी र उनको भाञ्जा सोमनाथ लामिछानेले संयुक्त रुपमा कालिजको व्यवसायीक पालन सुरु गरेपछि वैधानिक रुपमै कालिज खान पाइने भएको हो ।

अधिकारी र लामिछाने नाताले मामा भाञ्जा हुन् । उनीहरुले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ लामगादीमा नेपाल वाइल्ड फूड प्रोडक्ट प्रालि खोलेर कालिज व्यवसायिक रुपमै उत्पादन सुरु गरेका छन् । १ करोड खर्च भइसकेको यस र्फममा मामा अधिकारीको ८० प्रतिशत लगानी छ भने भाञ्जा लामिछानेको २० प्रतिशत लगानी छ ।

२ वर्ष अघि थालिएको कालिज उत्पादन अहिले फैलिँदै गएको छ । बेल्जियममा सेफ भएर काम गर्ने क्रममा उनले व्यवसायिक कालिजपालन देखेका थिए ।

उनले त्यहीँ आफैंले खानका लागि छुट्टै पाल्ने गरेका उनले स्वदेश जन्मथलो आएर यसको व्यवसायिक उत्पादन गर्ने सपना देखे । त्यही सपना पूरा गर्न उनी जन्मथलो पोखरा आए र आफ्नै दिदीको छोरा अर्थात भाञ्जालाई राखेर कालिज पालन सुरु गरे ।

अधिकारी अझै पनि बेला-बेला बेल्जियम जान्छन् । उनी बेल्जियमको एक रेष्टुरेण्टका सेफ हुन् । उनी केहि वर्षमै रिटायर्ड हुने क्रममा छन् ।

त्यहाँ निजी कम्पनीमा काम गरेपनि रिटायर्ड भएपछि पेन्सन आउने ब्यवस्था रहेको बताइन्छ । वर्षमा २ महिना बेल्जियम बस्ने गरेका उनको श्रीमती र छोराहरुले भने बेल्जियमको ब्रुज सहरमा जय गोर्खा किचन सञ्चालन गरिरहेका छन् ।

उनी भने रिटायर्ड लाइफ जन्मथलो पोखरामै बिताउने र व्यवसायिक कालिज पालन गर्ने उद्देश्यले आएका हुन् । २३ वष्र्ीाय उनका भाञ्जा लामिछानेले भने लेखनाथको गगनगौंडामा गगनगौंडा भेटेरीनरी सञ्चालन गर्दै आएका छन् ।

सुरुमा १ हजार २ सय अण्डा ल्याएर काठमाडौंको एक हृयाचरीमा चल्ला उत्पादन गर्न दिएका उनले त्यसलाई पोखरामा परीक्षणको रुपमा पाल्न सुरु गरे ।

पहिलो उत्पादन राम्रो भएपछि उनले हाल आफैंले २ वटा ह्याचरी मेसिन ल्याएर चल्ला पनि आफैंले उत्पादन गर्ने गरेका छन् । यद्यपी हाल ल्याइएको उक्त मेसिन सानो भएकाले एक पटकमा १/१ सय वटा चल्ला मात्र उत्पादन गर्न मिल्छ ।

अब त्यसलाई बढाएर एक पटकमा ४/४ हजार उत्पादन गर्न मिल्ने हृयाचरी मेसिन ल्याउने तयारीमा छन् उनीहरु ।

३ वर्षमा २ लाख ५० हजार कालिज उत्पादन गर्ने लक्ष्य लिएर काम गरिरहेका उनीहरुले हाल करिब १ हजार ५ सय कालिज खान लायक बनाएका छन् ।

१९ रोपनी जग्गा वर्षको २ लाख तिर्ने शर्तमा लिजमा लिएर काम गर्न शुरु गरेका उनीहरुले चाँडै नै जंगलको नजिक उपयुक्त खुल्ला ठाउँ लिएर ठूलो मात्रामा कालिज उत्पादन गर्ने सञ्चालक अधिकारीले बताए ।

कालिजलाई कहीँबाट पनि भाग्न नसक्ने गरी तारजाली लगाएर केज बनाउनुपर्छ । सुरुमा चल्ला उत्पादन गर्ने वित्तिकै राख्ने केज बनाउनुपर्छ भने एक महिनाको भएपछि सार्नुपर्छ ।

यसरी ३/४ वटा केज परिवर्तन गरेपछि मात्र खान लायकको कालिज बन्छ । करिब ६ महिनामा खान लायक बन्ने कालिज सरदर डेढ किलोसम्मको हुने अधिकारीले बताए ।

कालिजका भाले र पोथीलाई छुट्टाछुट्टै राख्ने गरिन्छ । भाले कालिज जसको घाँटीमा सेतो र अन्य भाग रातो हुन्छ । पोथी कालिज खैरो रंगको हुन्छ ।

अण्डा पार्ने समयमा पोथी भएको ठाउँमा भाले लगेर छाड्ने गरिन्छ । एउटा पोथीले ५० देखि ६० दिनसम्म अण्डा दिन्छ । त्यसमा कुनैले दैनिक अण्डा पार्छ भने कुनैले दिन बिराएर ।

कालिजको दाना मकै, गहुँ, कमलो खालको घाँस र सागपात हो । यद्यपी ब्रोइलर कुखुरालाई दिइने दाना पनि कालिजका लागि खुवाउन सकिन्छ । तर, मकै, गहुँ वा सागपात खुवाएमा कालिजमा लोकल स्वाद आउँछ ।

कालिज स्वादिलो हुनुका साथै स्वस्थकर पनि हुने अधिकारीको दाबी छ । शरीरलाई चाहिने प्रोटिनको मात्रा पर्याप्त हुने भएकाले यसको मासु स्वस्थकर र लाभदायक मानिन्छ ।

गर्मीमा भन्दा जाडोमा खानु उपयुक्त हुने कालिजको मासु सुत्केरीको लागि अत्यन्त लाभदायक हुने उनले बताए । बोसो अत्यन्त न्यून मात्र हुने भएकाले कालिजको मासु स्वस्थकर सञ्चालक बताउँछन् ।

एउटा कालिजको मूल्य ३ हजार रुपैयाँ पर्छ । फार्म भएकै ठाउँमा काटेर खाने ब्यवस्था पनि गरिएको छ । यद्यपी रेष्टुरेण्ट नै सञ्चालन भने गरिएको छैन ।

पकाएको एउटा कालिजको मासुको मूल्य भने ३ हजार ५ सय तोकिएको अधिकारीले जानकारी दिए । मामा-भाञ्जाले निकट भविष्यमै लेकसाइडमा कालिज रेष्टुरेण्ट खोल्ने लक्ष्य राखेका छन् ।

कालिजको मासुको स्वाद मन पराउने पर्यटकलाई लक्षित गरेर ३ वर्ष भित्रमा लेकसाइडमा रेष्टुरेण्ट खोल्ने अधिकारीले बताए ।

नेपालको वन जंगलमा कालिज हुने भएपनि यसलाई मारेर खान भने पाईंदैन । यदि कसैले जंगलको कालिज मारेको पाइएमा वन्यजन्तु चोरी शिकारी ऐनअनुसार कारवाही हुन्छ ।

नेपालीको कालिज खाने चाहना पूरा गर्न आफूले व्यवसायिक रुपमै कालिज उत्पादन गर्न सुरु गरेको अधिकारीले बताए । कालिज पाल्नका लागि र्फम नै दर्ता गरेर काम गरेपनि किनेर लैजानेलाई भने प्रशासनले दुःख दिने हुन् कि भन्ने उनलाई चिन्ता उनीहरुमा छ ।

कालिज बेच्दा भ्याट बिल नै दिइने भएकाले समस्या नहुने विश्वास उनीहरुको छ ।

source:-onlinekhabar

The post एउटा कालिजको मूल्य ३ हजार रुपैयाँ पर्छ । फार्म भएकै ठाउँमा काटेर खाने ब्यवस्था पनि गरिएको छ । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gjdHsR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top