Photo of Milford Sound in New Zealand

काठमाडौं, २६ असोज । ‘पिंजडा’को सिक्वेल चलचित्र ‘पिंजडा ब्याक अगेन’को पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा बिहीबार चलचित्रको प्रदर्शन मिति घोषणा गर्न आयोजित कार्यक्रममा ‘पिंजडा ब्याक अगेन’को पहिलो गीत पनि सार्वजनिक गरिएको हो ।

आउँदो माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको ‘पिंजडा ब्याक अगेन’को ‘यता पनि छैन उता पनि छैन’ बोलको पहिलो गीत सार्वजनिक गरिएको हो ।

लोक लयको गीतमा राजनराज सिवाकोटीको शब्द सृजना तथा संगीत रहेको छ भने राजनराज र अन्जु पन्तको स्वर भरिएको छ । उक्त गीतको भिडियोमा नायक निखिल उप्रेती र नायिका सारा सिर्पाली फिचरिङ गरिएको छ ।

हिमाल केसीको निर्देशन रहेको ‘पिंजडा ब्याक अगेन’ को कथा कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ ।हेर्नुहोस भिडियो

The post ‘पिंजडा ब्याक अगेन’को पहिलो गीत सार्वजनिक, हेर्नुहोस निखिलले बबाल डान्स (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2g7wrew
via IFTTT

0 comments:

Post a Comment

add

 
Top