Photo of Milford Sound in New Zealand

एजेन्सी। सासुसँग झगडा परेपछि बुहारीले सासुलाई भनिन् ‘धेरै भइसक्यो अब तेरो बंश मैले चल्न दिन्न ।’ त्यसपछि ती बुहारी आफ्ना दुई छोरालाई लिएर घरबाट निस्किइन् । साँझ उनका श्रीमान् घरमा आएर श्रीमतीलाई खोजे । उनकी श्रीमती र छोराहरु नजिकैको इनारमा डुबेका थिए । रातीमात्र प्रहरीले उनीहरुको लाशलाई बाहिर निकालेको छ ।

ती बुहारीले सासुको निरन्तर यातनाबाट दिक्क भएर आत्महत्या गरेको बताइएको छ । भारतको ग्वालियर शिवपुरीको टोडा पिछोर गाउँमा अनिल लोधीकी श्रीमती ब्रजकुँवरले यसरी आत्महत्या गरेकी हुन् । उनले आफ्ना दुई छोरा जयदेव र लोकेन्द्रलाई समेत साथमै लिएर आत्महत्या गरिन् । बुहारीको आफ्नो सासुसँग सबैंजसो झगडा परिरहन्थ्यो । यो कुरा अनिललाई पनि थाहा थियो । हिजो सोमबार अनिल काममा निस्केपछि सासुबुहारीमा ठूलै झगडा परेको थियो ।

झगडाका क्रममा बुहारीले अब मेरो लाशमात्र यो घरमा आउँछ । दुवै छोरासँगै मर्छु । अब तेरो वंश चल्न दिन्न भनेर दुवै बच्चालाई लिएर घरबाट निस्किइन् । साँझ अनिल फर्केर श्रीमती छोराछोरीलाई खोज्दा आमाले झगडा गएर छोराहरु लिएर गएको बताएपछि उनले खोज्न थाले । कसैले उनकी श्रीमतीलाई छोराहरुसित इनारतिर गएको देखेको बताएपछि उनले इनारमा गएर हेर्दा त्यहाँ तीनैजनाको लाश थियो । प्रहरीले तीनैजनाको शवलाई पोष्टमार्टमका लागि पठाएको छ । dcnepal

The post बुहारीले सासूलाई ‘अब तेरो वंश चल्न दिन्न’ भनेर उठाइन् यस्तो खतरनाक कदम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x0ALmo
via IFTTT

0 comments:

Post a Comment

add

 
Top