Photo of Milford Sound in New Zealand

काठमाडौं, ३० असोज — अनुहार नै मानिसको पहिचान हो तर त्यही अनुहार बिग्रियो भने के हालत होला ? एकजना यस्ती बच्ची छिन् जसको अनुहार बिस्तारै बाँदरको जस्तो हुँदै गइरहेको छ ।

यी बच्ची जहाँ पुग्छिन्, त्यहाँ मानिसहरू उनलाई घुरेर हेर्छन् । बच्चीको पूरा अनुहार रौंले ढाकिएको छ । बिचरी बच्चीलाई मानिसहरू मंकी फेस भनी चिढ्याउँछन् ।

यी बच्चीको खास नाम सुपात्रा सासुफान हो । उनी अन्य सामान्य बच्चाजस्तै सबै काम गर्न सक्छिन् तर अनौठो रोगका कारण उनको अनुहार चाहिँ फरक छ ।

यो रोगलाई अम्ब्रास सिन्ड्रोम वा हाईपरट्राईकोसिस भनिन्छ । अनुहारभरि अनि जिउभरि पनि रौं पलाउँछ यो रोग लागेपछि ।
बच्चीलाई लेजर उपचार गरिएको भएपनि ठीक भएन ।

सुपात्राका पिता समरुङका अनुसार, उनी जन्मिँदाखेरी नै अस्वस्थ थिइन् । उनको नाकको दुवै प्वाल जम्मा एक मिलिमिटर चौडा थियो । त्यसैले गर्दा उनलाई तीन महिनासम्म इन्क्युबेटरमा राखिएको थियो । उनी १० महिनासम्म अस्पतलामा बसेकी थिइन् ।
नेपालमा पनि यस्तो रोग लागेकी महिला देवी बूढाथोकीको उपचार भएको खबर आएको थियो । दोलखाकी देवीका तीन सन्तानको पनि अनुहारमा रौं पलाएको थियो ।
एजेन्सी

The post यसरी यी बच्ची बिस्तारै बाँदरमा परिणत हुँदैछिन् ! appeared first on Taja nepali news.

http://ift.tt/2wZId1b

from SHYANE http://ift.tt/2xJXAzb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top