Photo of Milford Sound in New Zealand

काठमाडौं ।
अभिनेत्री श्वेता खड्काले फिल्म निर्माण गर्ने भएकी छिन् । श्वेताले ‘कान्छी’ नाम राखेर फिल्म बनाउन लागेकी हुन् । ‘कान्छी’को सुटिङ भदौ २ गतेदेखि सुरु हुनेछ ।

श्वेताको ‘कान्छी’लाई आकाश अधिकारीले निर्देशन गर्ने छन् । निर्देशक अधिकारीकै कथा रहेको फिल्ममा श्वेताका साथ दयाहाङ राई प्रमुख भूमिकामा छन् ।

मुस्ताङका विभिन्न स्थानमा खिचिने फिल्म ग्रामीण भेगको कथामा निर्माण गर्न लागिएको निर्देशक अधिकारीले बताए ।

अधिकांश दृश्य मुस्ताङमै खिचिने फिल्म मौलिक नेपाली कथामा रहेको दाबी अधिकारीको छ ।

‘कहाँ भेटिएला’बाट डेब्यु गरेकी श्वेताले त्यसपछि ‘श्रीमान्–श्रीमती’, ‘हाँसिदेऊ एकफेर’, ‘कोहिनुर’लगायतका फिल्ममा अभिनय गरेकी छिन् ।

अभिनेता समेत रहेका पति श्रीकृष्ण श्रेष्ठको निधन भएपछि शोकमा डुबेकी श्वेता ‘कान्छी’बाट पर्दामा पुनरागमन गर्न लागेकी हुन् ।

श्वेताले बाढीपीडितका लागि आफ्नो तर्फबाट एक लाख पाँच हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिन् पनि गरेकी छिन् ।

पुरुषोत्तम प्रधानले खिच्ने फिल्ममा श्वेता र दयाहाङका साथमा नीर शाह, अनुशा शाह, भूमिका श्रेष्ठ, सुजल गिरीलगायतले अभिनय गर्दै छन् ।

फिल्ममा शम्भुजीत बास्कोटा, राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ । कान्छी माघ २६ गते प्रदर्शन हुने निर्देशक अधिकारीले घोषणा गरेका छन् ।

The post दयाहाङको “कान्छी” बन्ने निर्णयमा कसरी पुगिन श्वेता खड्का ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2g11Orx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top