Photo of Milford Sound in New Zealand

काठमाडौं, २३ भदौ । नेपालीहरुको दिमागमा भर्खरै सकिएको नेपाली आइडलको झझल्को अझै ताजै छ । यो रियालिटी शो ले काफि चर्चा पायो र सफलतापूर्वक सम्पन्न भयो । तर, नेपालीहरुले नेपालमा हुने रियालिटी शो मा मात्रै होइन विदेशी शो मा समेत भाग लिने गरेका छन् ।

यसैका उदाहरण हुन् प्रशान्त तामाङ, टेरिया मगर । यी दुई भारतीय रियालिटी शो जिते । भारतीय रियालीटी शोहरुमा नेपालीले जितेको रेकर्ड धेरै छ ।

तर अहिले चाइनिज रियालिटी शो मा एक नेपालीले भाग लिएका छन् । नेपालीले चिनियाँ रियालिटी शो मा भाग लिएको यो सम्भवत पहिलो पटक हो । ती नेपालीको नाम हो सन्देश सिंह देउजा । उनी अहिले चर्चाको शिखरमा छन् । केही समय देखि उनको एक भिडियो समाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा सन्देश दौरा सुरुवालको साथमा एक रियालिटी मञ्चमा पुगेका छन् । मञ्चमा उनले स्पष्ट रूपमा चाइनिज भाषा बोलेका छन् भने गीत पनि गाएका छन् ।

उक्त चिनियाँ रियालिटि सो गायनमा आधारित हो । जुन चीनको चर्चित टिभी च्यानलमा आउने गर्दछ । नेपाली दौरा सुरुवाल ढाका टोपीमा सजेर चाइनिज कार्यक्रममा चाइनिज भाषामा गीत गाएका सन्देशले अहिले प्रशंसा बटुलिरहेका छन् ।

The post चम्किए अर्का नेपाली ! चिनियाँ रियालिटी शो मा नेपाली पोशाक लगाएर गाए चिनियाँ गीत (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2go33Ru
via IFTTT

0 comments:

Post a Comment

add

 
Top