Photo of Milford Sound in New Zealand

भारतको गुजरातमा अरब सागरमा १३० फीटको गहिराइमा १० हजार वर्ष पुरानो अवशेष फेला परेको छ । विज्ञहरूका अनुसार, यो द्वापर युगमा भगवान् श्रीकृष्णले बनाउनुभएको द्वारका नगरी हो ।अरब सागरमा प्रदूषणको मात्रा चिरहेको टोलीले यो सफलता हासिल गरेको हो ।सरकारले आधुनिक प्रविधि प्रयोग गरेर द्वारकाका अवशेषहरू पत्ता लगाइरहेको छ । सन् २००० देखि २०११ सम्म नेसनल इन्स्टिच्युट ओसन टेक्नोलोजीले समुद्रमा प्रदूषण जाँच गरिरहँदा अवशेष भेटेको हो ।समुद्रको गर्भमा एक पर्वत फेला परेको थियो ।

पौराणिक ग्रन्थअनुसार, भगवान् श्रीकृष्णले इहलीला समाप्त गरेपछि समुद्रले द्वारका नगरलाई डुबाइदिएको थियो ।वैज्ञानिक रूपमा हेर्दा महाभारतको युद्धमा आणविक बमहरूको प्रयोगपछि विश्वको तापक्रम बढेर समुद्रको जलस्तर बढेर द्वारका डुबेको हुनसक्छ ।अनुसन्धानका क्रममा ढुंगाको हतियार, माटोको भाँडो, नहर बनाउने संसाधन, स्नानागार, मूल्यवान पत्थरका साथसाथै मानव हड्डी पनि फेला परेको थियो । त्यसैले कुनै समयमा यहाँ मानव बस्ती थियो भन्ने देखिन्छ ।

यहाँ भेटिएको काठको सामानको कार्बन डेटिङले नौ हजार ५०० वर्ष पुरानो सामान भएको पत्ता लाग्यो । त्यसबाहेक यहाँ हडप्पा सभ्यतामा देखिएका तलाउ र स्नानागार जस्ता कुरा पनि भेटिए ।अनुसन्धानका क्रममा एक हजार नमूना भेटिए र तिनमा २५० वटा कुरा पुरातात्त्विक महत्त्वका छन् ।

The post १०,००० बर्ष पुरानो, समुद्रभन्दा १३० फीटमुनि भेटियो श्रीकृष्णको द्वारका (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lzoxQH
via IFTTT
31 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top