Photo of Milford Sound in New Zealand

नगरकोट, ११ कात्तिक – नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भक्तपुर आउने पर्यटकसँग बोल्न चालक तथा सहचालकले अंग्रेजी सिक्नुपर्ने बताउनुभएको छ ।

भक्तपुर मिनीबस सेवा समितिका नवनिर्वाचित पदाधिकारीकोे शुक्रबार आयोजित पदस्थापन कार्यक्रममा उहाँले केही नपढेका र घरमा आमाबुबालाई समेत नटेर्ने युवा चालक सहचालक हुन्छन् भन्ने समाजको बुझाइ रहेकाले सो भ्रम चिर्न चालक सहचालकले यात्रुसँग राम्रो व्यवहार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्यले समितिले भक्तपुर जिल्लाभर आफ्नो सेवा विस्तार गर्दै समाजको मन जित्नुपर्ने बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष दिनेश प्रधानले समितिअन्तर्गतका गाडी र त्यसका चालक तथा सहचालक सम्बन्धमा आएको गुनासोलाई कम गर्दै सेवा सुविधा यात्रुअनुकूल बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोटेश्वर पूर्व यातायात समितिका संयोजक बलराम त्वानावासू, समितिका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र महर्जन तथा पूर्व अध्यक्ष रामकाजी भुजू, राजन कसलवटलगायतले चालक तथा सहचालकका कारण व्यवसायीले गाली तथा गुनासो सुन्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

मिनीबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र स्थानीय भाडा रु १० मात्रै लिने निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । समितिको यही कात्तिक १ गते सम्पन्न १२औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले उक्त निर्णयलाई लागू गर्ने बताएको हो ।

समितिको अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन गरेको थियो । नवनिर्वाचित पदाधिकारीलाई नेता सुवालले प्रमाणपत्र वितरण तथा निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।etajakhabar

The post अब देखि चालक–सहचालकले अंग्रेजी बोल्न सिक्नुपर्ने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ybTiRn
via IFTTT
28 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top