Photo of Milford Sound in New Zealand

फिल्म ‘छक्का पञ्जा २’ ले प्रदर्शनको एघार दिनमा दश करोडको ग्रस कलेक्सन गरेको छ । असोज ११ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले कात्तिक २१ गते शनिबार सम्ममा अल नेपालबाट यति कलेक्सन गर्न सफल भएको हो । यसअघि स्व.श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का अभिनित ‘कोहिनूर’ले दश करोड पार गरेको छ भने सर्वाधिक ग्रसर फिल्ममा ‘छक्का पञ्जा’ पहिलो नम्वरमा छ ।

दिपाश्री निरौला निर्देशित फिल्म छक्का पञ्जा २ को व्यापार दोश्रो सातामा पनि आक्रमक छ । यही रफ्तारमा व्यापार भएमा ‘छक्का पञ्जा’ को पन्ध्र करोडको लाइफटाइम कलेक्सनलाई सिक्वेलले पक्का छ । दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायत कलाकारहरुको अभिनय रहेको फिल्म हाल एक सय बढी हलहरुमा प्रदर्शनरत छ । शहरका मल्टिप्लेक्समा फिल्मको शो उच्च छ । हल रिपोर्ट हेर्नुस् :

The post ‘छक्का पञ्जा २’ लाई एघार दिनमा दश करोड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wEPIKL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top