Photo of Milford Sound in New Zealand

काठमाडौं, २९ असोज । आगामी फिल्म ‘पद्मावती’ मा आफ्नो लुक्सलाई लिएर अहिले निकै चर्चामा छन् रणवीर सिंह । यो फिल्ममा उनको अन्दाज, लुक्स र अभिनयको पनि तारिफ भइरहेको छ । कुनै बेला फिल्मको सेटमा चिया–समोसा बेच्ने रणवीर अहिले तीन सय करोडका मालिक हुन् । यती मात्रै होइन उनको कार कलेक्शन समेत छ ।

उनी एक ठूलो बिजनेस परिवारसँग सम्बन्ध समेत राख्छन् । यस्तो पृष्ठ भूमि भएकै कारण उनका बाबुले ‘व्याण्ड बाजा बरात’ बनाउनका लागि १० लाख लगानी समेत गरेका थिए ।

उनको जन्म ६ जुलाई १९८५ मा मुम्बईको एक सिन्धी परिवारमा भयो । उनका पिताको नाम जगजीत सिंह भावनाी, आमा अन्जु भावनी हो । उनका पिता रियल स्टेटका व्यापारि हुन् । रणवीर सानै देखि अभिनेता बन्न चाहान्थे । तर, कलेजका दिनमा अभिनय छोडर उनले पढाइमा ध्यान केन्द्रीत गरे । उनले इन्डियना यूनिभर्सिटीबाट ब्याचलर गरे । उनको नाम पछिको भावनानी उनले हटाए । किनकी उनलाई आफ्नो नाम लामो भएको महशुस भयो ।

आठ करोडको अपार्टमेन्ट

२०१५ मा साउथ मुम्बईमा ८ करोडका एक आलिशान अपार्टमेन्टर उनले किनेका छन् । उनी पछिल्लो दुई बर्ष देखि यही घरमा बस्छन् । उनी चाँडै अभिनेत्री दीपिका पादुकोणको छिमेकी बन्ने सोचमा छन् । उनले दीपिका बस्ने विल्डिङमा फ्लाट लिने तयारी गरेका छन् । दीपिका अहिले मुम्बईको प्रभादेवी स्थित एक बिल्डिङमा बस्छिन् ।

यस्तो छ, कार कलेक्शन

उनले यो बर्ष आफ्नो जन्म दिनभन्दा अघि ४ करोडको कार किनेका छन् । उनीसँग १२ करोडको बुगाटी, मर्सिडीज, बेन्टले, रेन्ज रोवर लगायतका १० लग्जरी कार समेत छन् ।

ठूला कम्पनीका ब्राण्ड एम्बेसड

विज्ञापनको दुनियाँमा पनि रणवीरको नाम चम्किएको छ । केही ठूला कम्पनीका उनी ब्राण्ड एम्बेसडर हुन् । उनले विज्ञापनमा खेलेको ४ करोड लिने गरेको बताइन्छ । उनी अभिनित विज्ञापन विवादमा पनि आएका छन् । एजेन्सी

The post कुनै दिन फिल्मको सेटमा चिया–समोसा बेच्थे रणवीर सिंह ! अहिले बने ३०० करोडका मालिक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gcNtba
via IFTTT

0 comments:

Post a Comment

add

 
Top