Photo of Milford Sound in New Zealand

झापा । दसैंको अवसरमा झापा गाउँपालिकामा लगाइएको रमाइलो मेलाका क्रममा विवाद हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा झापा गाउँपालिका-३, कामाटोली बजारका १७ वर्षीय सागर रसाइली छन् भने छुरा प्रहारबाट १७ वर्षीय रमेश धमला घाइते छन् । उनको बिएण्डसीमै उपचार भइरहेको छ । स्थानीय २५ वर्षीय कृष्ण गणेशले पादक पदार्थ सेवन गरेर सामान्य विवादमा छुरा प्रहार गरेका थिए ।

पेटमा चोट लागेर गम्भीर घाइते भएका सागरको बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

छुरा प्रहार गर्ने कृष्ण इलाका प्रहरी कार्यालय, कुमरखोदको नियन्त्रणमा छन् भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

The post दशैंमा रमाईलो गर्न लगाईएको मेलाले लियो ज्यान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hOytV3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top