Photo of Milford Sound in New Zealand

धनको दुःखबाट मुक्त गर्न चहानुहुन्छ भने यी १० गल्ति नगर्नुहोस् ।

१. महिलासँग दूश्मनी नलिनुहोस् । सन् २०१८ को सुरुवात शुक्रबारबाट हुँदैछ । शुक्र भौतिक सुखका कारक ग्रह हो । साथै स्त्री प्रति शुक्रको प्रभाव रहनेगर्छ । यसैले शुक्र प्रधान यस वर्षमा महिलासँग राम्रो सम्बन्धमा रहनुहोस् ।

२. देवी लक्ष्मिको मुर्ति एक भन्दा धेरै आफ्नो कोठामा नराख्नुहोस् । शुक्रबारको दिन देवि लक्ष्मिको पुजा विशेष फलदायक मानिन्छ । तपाईंको घरमा धेरै देविको मुर्ति छ भने आफ्नो सबै कोठाहरुमा अलग–अलग राख्नुहोस् । बाँकीलाई कतै विसर्जन गर्दिनुहोस् ।

३. यदि तपाईंको पर्स च्यातिएको छ भने त्यसलाई बदल्नुहोस् र काम नलाग्ने चीजहरुलाई फाल्नुहोस् । एउटा सिक्का शुक्रबारको दिन देवी लक्ष्मिको मन्दिरमा चढाउनुहोस् अर्को सिक्कालाई रातो कपडामा बेरेर पर्समा राख्नुहोस् ।

४. जीवनसाथीसँग तालमेल बनाइराख्नुहोस् । धन सम्बन्धी विषयमा जीवनसाथीसाग छलफल गरेर मात्रै फैसला गर्नुहोस् ।

५. विहान उठ्ने वित्तिकै ऐना नहेर्नुहोस् । विहान उठेर दुवै हात जोडेर देवी लक्षिमको ध्यान गर्नुहोस् ।

६. गणेशजीलाई नभुल्नुहोस् । धनसम्बन्धी काम गर्न जानुभयो भने गणेशको पुजा गर्न नभुल्नुहोस् । बुधबारको दिन अनिवार्य रुपमा ५ वटा दुवो चढाउनुहोस् ।

७. बेलुका कसैलाई पैसा नदिनुहोस् । सुत्नुभन्दा अघि पैसा दिनु राम्रो नहुने बताइन्छ ।

८. शनिबारको दिन मदिरा सेवनबाट जोगिनुहोस् ।

९. सोमबारको दिन पीपलको पुजा नगर्नुहोस् । यो दिन पीपलको पुजा गर्दा घरमा अलक्ष्मिको प्रवेश हुने विश्वास छ ।

१०. परिवारमा बहिनी र छोरीलाई अपशब्द प्रयोग नगर्नुहोस् । धन सम्बन्धी काम शुक्रबार गर्नु शुभ रहने जनाइएको छ

The post तपाई धनी बन्न चाहनुहुन्छ ? यी १० गल्ति भुलेर पनि नगर्नुहाेस् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ygsIpd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top