Photo of Milford Sound in New Zealand

सल्यान, असोज २६ – करेन्ट लागेर सल्यानमा एक जनाको घटना स्थलमा नै ज्यान गएको छ ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६, खातीगाँउमा बिहीबार बिहान बाँझो बारी जोत्दै गर्दा करेन्ट लागेर ज्ञान बहादुर वली की ५० वर्षकी श्रीमती मंगली कुमारी वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । करेन्ट लागेर मंगली कुमारीका श्रीमान घाइते भएका छन् । यस्तै जोत्दै गरेको एउटा गोरुसमेत मरेको प्रहरीले जनाएको छ ।

‘ज्ञान बहादुर वली गोरु लिएर वर्षेबाली रोपेको बाँझो बारी जोत्न बिहान बारीमा जानु भएको थियो, बारीको बिचमा बिजुलीको फलामको पोल गाडिएको थियो, बारी ओसिलो भएकाले जोत्दै जाँदा उहाँलाई करेन्टको झट्का लागेर बारीको डिलमा फालेछ’, प्रहरी स्रोतले भन्यो ।

श्रीमानलाई करेन्टको झट्का लागेको देखेर श्रीमानलाई बचाउन जाँदा उनकी श्रीमती मंगलीलाई करेन्ट लागेर बारीमा नै टाँसिएर ज्यान गएको हो ।

मृतकका श्रीमानले चप्पल लगाएका कारण बाँच्न सफल भएको तर श्रीमती खाली खुट्टामा नै भएकाले करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । घाइते ज्ञानबहादुरको अहिले जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ ।ujyaaloonline

The post दुख्द खबर : बारी जोत्दाजोत्दै एक गोरु र महिलाको मृत्यु… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gzI0vJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top