Photo of Milford Sound in New Zealand

बाँकेको राप्ती सोनारी गाउँपालिको शम्शेरगञ्जमा बसको ठक्करबाट २ जनाको मृत्यू भएको छ । आइतबार नेपालगञ्जबाट दाङ तर्फ जादै गरेको भे ५ प ४२४ नम्बरको मोटरसाइकललाई ना ४ ख ५६५३ नम्बरको बसले शम्शेरगञ्जमा ठक्कर दिदा सो दुर्घटना भएको थियो । मृत्यू हुनेमा मोटरसाइकलमा सवार दाङ शान्तिनगरका ढक बहादुर केसी र उहाँकी श्रीमती सिता केसी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

श्रीमान्को दुर्घटनास्थलमा नै मृत्यू भएको थियो भने श्रीमतीको उपचारका क्रममा आज बिहान भारतको लखनउमा मृत्यू भएको थियो । सिता शान्तिनगर ३ स्थीत विपि उमावि वयालेकी पूर्व विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष समेत हुन् ।

शोकमा आज एक दिन विद्यालय बन्द हुने भएको छ । गाडी र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । मृतक श्रीमान श्रीमतीको शव भेरि अञ्चल अस्पतालमा पोष्टमार्टम गरेर आजै दाङ लगिने प्रहरीले जनाएको छ । पुर्बेलीन्युजमा खबर छ ।

आफ्नै ट्रक आफैले त्रिशुलीमा फालेर पैसा कुम्लाउन खोज्ने पक्राउ, हेनुहोस को हुन उनि ?

प्रहरीले आफ्नै ट्रक त्रिशुलीमा फालेर इन्स्योरेन्स रकम दाबी गर्ने ४ जनालाई पक्राउ गरेको छ । आर्थिक रुपमा कमजोर भएपछि बनावटी दुर्घटनामार्पmत मोटो रकम असुल्ने दाउले ट्रकको बिमासहित ४५ लाख क्षतिपुर्र्ति उठाउन खोज्ने उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका ५ का ३० बर्षिय उज्ज्वल कँडेल, हेटौँडा उपमहानगरपालिका ११ का २८ बर्षिय सन्तोष खत्री, हेटौंडा १९ का २२ बर्षिय निर्मल सुवेदी र हेटौँडा १३ पदमपोखरीका २४ बर्षिय मणी लामा रहेका छन्।

उनिहरुले ट्रकको दुर्घटना बापत् बिमा र दुर्घटना गराईएको ट्रकमा लोड भएको सामानको मुल्य समेत लिने तयारीमा थिए । यस्तो नाटकीय योजना बन्यो ।

गत हप्ता भदौ २० गते मनहरी गाउँपालिका ५ का उज्ज्वल कँडेल र हेटौँडा ३ का सन्तोष खत्री अनौठो योजना बनाए । आफ्नो ट्रकलाई त्रिशुलीमा खसाल्ने र मोटो रकम बिमामार्फत असुल्ने नियतले उनिहरु दुर्घटना गराउन सकिने स्थानको छनौट गरे ।

योजनाअनुसार भदौ २५ गते नवलपरासीको गोर्खा बु्रअरीबाट १४ सय कार्टुन बियर लिएर काठमाडौं हिड्े। २ सय कार्टुन आफ्नो ट्रकमा राखेर बाँकी बियर बाटोबार्टैे अर्कौ ट्रकमा हालेर जलबिरे पुगेपछि ट्रकलाई त्रिशुलीमा खसालियो ।

घटनापछि २६ गते दुर्घटनाका कारण पीडित भएको भन्दै उनिहरुले ईलाका प्रहरी कार्यालय मुग्लीनमा बिमा रकम पाउने उदेश्यले निवेदन दिए ।

दुर्घटना पछि चालक कँडेललाई चोट नलागेकाले शंका हुने र योजना असफल हुने आशंकामा सुवेदीले भरतपुर यातायात कार्यालय चौबिस कोटी नजिक झाडीमा बायाँ खुट्टाको घुँडा माथि चक्कुले काटी नेशनल मेट्रोसिटी अस्पतालमा लगी ६ टाँका लगाएका थिए।

तर असोज १ गते हेटौंडा १३ पदमपोखरीमा रहेको मणी लामा र बुद्ध तामाङ्गको घरबाट प्रहरी टोलीले करिब ३७ मुल्य पर्ने ९ सय ६० कार्टुन दुबर्ग बियर बरामद गरेपछि घटना सार्वजनिक भएको हो।

१० बर्षभित्र उपत्यकाबाट डिजेल गाडी हटाइने

डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई १० बर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्प प्रस्ताव पेस भएको छ ।
यी सवारी साधन नै वायु प्रदुषण्को मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसदमा संकल्प प्रस्ताव पेस भएको हो ।

वातावरणविदहरुका अनुसार काठमाडौंमा वायु प्रदुषणको करिब ६० प्रतिशत हिस्सा गाडीको धुँवाले ओगटेको छ ।

The post श्रीमान श्रीमती एउटै चितामा, कसरी भयो एस्तो ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2z2Cdt9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top