Photo of Milford Sound in New Zealand

बृहस्पति ग्रहले करिब १३ महिनापछि आफ्नो राशि परिवर्तन गर्छ । एक वर्षसम्म कन्या राशिमा रहेको बृहस्पति गृह भदौ २७ गते (मंगलवार) देखि आफ्नो घर बदल्दै छन् । अर्थात् बृृहस्पति गृह अब तुला राशिमा प्रवेश गर्नेछन् ।

बृहस्पतिलाई राम्रो फल दिने शुभ ग्रह मानिन्छ । यो गृहले राशि परिवर्तन गर्दा नोकरी, व्यापार, घर–परिवार, सुख–शान्ति, घन–सम्पति, वैवाहिक जीवन तथा स्वाथ्यमा गहिरो असर पर्छ ।

बृहस्पतिले राशि परिवर्तन गर्दा केही राशि भएका व्यक्तिका लागि नोकरीको क्षेत्रमा नयाँ परिणाम आउने संभावना छ । नयाँ नोकरीका कैयौं अवसर आउन सक्छन् । वर्तमान नोकरीमा पछिल्ला कैयौं दिनदेखि चलिरहेको तनाव पनि कम हुने छ । यदि कुनै व्यक्ति नोकरी परिवर्तन गर्ने सोचमा छन्, भने यो उनीहरुका लागि राम्रो र उपयुक्त समय हुनसक्छ ।

बृहस्पतिले राशि परिवर्तन गर्दा केही राशि भएका व्यक्तिको व्यापारमा विस्तार हुने संभावना पनि छ । यस्तै एक वर्ष राम्रो कारोबारको संभावना पनि छ ।

यस्तै केही राशि भएका व्यक्तिलाई जमिन खरिद गर्दा धेरै फाइदा हुन सक्छ ।

स्वास्थ्यका दृष्टिकोणले तुला राशि भएका व्यक्तिमा केही उतारचढाव आउन सक्छ । हृदय रोग र मिर्गौला सम्बन्धी समस्या भएका व्यक्तिलाई आउने दिनमा अझ बढी समस्या बढ्न सक्छ । तुला राशि भएका व्यक्तिलाई अन्य स्वास्थ्य समस्या पनि देखिन सक्ने संभावना छ । lokaantar

The post घर बदल्दै छ बृहस्पति, यस्तो राशि भएका व्यक्तिलाई धेरै फाइदा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xfWKcN
via IFTTT

0 comments:

Post a Comment

add

 
Top