Photo of Milford Sound in New Zealand

साउन १३ गतेबाट रिलिज भएको चलचित्र ‘प्रेमगीत २’ले सफल प्रदर्शनको ५१ औं दिनको अवसर पारेर सेलिव्रेशन आयोजना गरेको छ । काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा चलचित्र क्षेत्रका चलचित्रकर्मी, चलचित्रका कलाकार, निर्माणपक्ष र पत्रकारको बाक्लो उपस्थिती थियो ।

सो अवसरमा चलचित्रको निर्माण कम्पनी आशुसेन फिल्मस्ले चलचित्रका नायक प्रदिप खड्कालाइ ५० लाख माथिको महंगो कार उपहार दिएको छ । निर्माता सन्तोष सेनले नायक खड्कालाइ रातो रंगको कार उपहारस्वरुप हस्तान्तरण गरे । प्रदिपले आशुषेन फिल्मस्को ब्यानरमा रहेर चलचित्र ‘प्रेमगीत र प्रेमगीत २’मा काम गरेका थिए । उनले, यही ब्यानरमा बन्ने चलचित्र ‘दीपेन्द्र सरकार’मा पनि काम गर्नेछन् ।

नायक प्रदिप खड्काले चलचित्र ‘लिलिबिली’को कार्यक्रममा ४ जना बडिगार्ड सहित उपस्थित भएको कुराले बजार तताएपछि त्यसको जवाफ सफलता पार्टीमा दिए । उनले आफूलाइ बडिगार्ड नचाहिने समेत बताए । साथमा उनले, सो कार्यक्रममा आफूलाइ सम्मान दिइएको जानकारी दिए ।

‘प्रेमगीत २’को शिर्ष गीतको कभर भिडियो गाउने विजेता महिला र पुरुषको नाम पनि कार्यक्रममा घोषणा गरियो । रामशरण पाठकको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रदिपको साथमा अश्लेषा ठकुरी, सरोज खनाल, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

The post ‘प्रेमगीत २’ निर्माताले दिए प्रदिपलाइ महंगो कार उपहार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yhrW8S
via IFTTT

0 comments:

Post a Comment

add

 
Top