Photo of Milford Sound in New Zealand

अभिनेत्री करिष्मा मानन्धरको औपचारीक पढाई पुरा गर्ने धोको स्वरुप भर्ना भएको विधालयमा उनले गरेको प्रगतीलाई देखेर शिक्षकहरु खुशी छन् । केही दिन अघि अभिनेत्री करिष्मा मानन्धरले मैतीदेवी स्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा भर्ना भएकी थिइन् । १४ वर्षको उमेरमा कक्षा ७ मा पढ्दा पढ्दै सिनेमा क्षेत्रमा प्रवेश गरेकी करिष्माले हाल ९ कक्षामा भर्ना भएको भन्दा धेरै अच्चमित भएका थिए । उनको लगन र मेहनतले पढ्नको लागी उमेरले छेक्दैन भन्नेमा करिष्मा एक उदाहरण बनेकी छिन् । उमेरले चार दशक पार गरेकी पनि आफूमा औपचारिक शिक्षाको अभाव खड्कीए पछि स्कुल भर्ना भएको करिष्मा बताउँदै आइरहेकी छिन् ।

स्कुलका शिक्षक अनुसार एक वर्ष अगाडी नै करिष्माको भर्ना गरिएको थियो । कक्षा सातमा भर्ना भएकी करिष्मालाई पहिलो तिन महिना छुट्टै पढाइएको थियो । ‘केही शिक्षकहरू मिलेर उहाँ ९करिष्मा मानन्धर०लाई विभिन्न विषयमा छुट्टै पढाएका थियौ । केही महिनाको पढाई पछि उहाँमा आएको परिवर्तन पछि बिधार्थीहरु सँगै कक्षामा सारिएको हो । ’ एक मिडियामा अन्तवार्ता दिर्दै त्रिवेणी पब्लिक स्कुलका शिक्षकले बताए । ९ कक्षामा पढ्ने उनको रोल नम्बर ११ हो । बिहान देखि बेलुकी सम्म नै स्कुलमा आफ्नो समय बिताउने करिष्माले प्रत्येक विषयको होमवर्कको साथै छुट्टी लिनु पर्दा अनुमति पत्र दिने गरेको स्कुलका शिक्षक बताउछन् ।

The post स्कुल पढ्न गएकी करीष्माले शिक्षकलाई नै अचम्मीत बनाईदिईन्/आख़िर के गरिन् करिश्माले तेस्तो ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x9iy8X
via IFTTT

0 comments:

Post a Comment

add

 
Top