Photo of Milford Sound in New Zealand

काठमाडौं, २७ भदौ । चलचित्र घोषणा कार्यक्रममा हब्सी बड्डी गार्डसहित उपस्थित भएका नायक प्रदीप खड्का चलचित्र ‘लिलिबिली’मा अनुबन्धित भएका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरि चलचित्र ‘लिलिबिली’को घोषणा गरिएको हो । सोही कार्यक्रममा ‘प्रेमगीत’ र ‘प्रेमगीत २’बाट उदाएका नायक प्रदीप उक्त चलचित्रमा अनुबन्धित् भएका जानकारी दिइएको हो ।

मिलन चाम्सले ‘लिलिबिली’लाई निर्देशन गर्ने सो चलचित्रमा नायक अनुप बिक्रम शाहीको मुख्य भुमिका रहने बताइएको छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेन्टमेन्टको संयुक्त प्रस्तुती रहेको चलचित्र ‘लिलिबिली’ मार्फत जसिता गुरुङ र रेविका गुरुङले नायिकाको रुपमा डेब्यू गर्दैछन् ।आउँदो चैत ३० गते प्रदर्शन मिति समेत निर्धारण गरिएको हुने ‘लिलिबिली’को तिहारपछि फ्लोरमा जाने र युकेलगायत मुलुकमा छायांकन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । भिडियो

The post कार्यक्रममा हब्सी बड्डी गार्डसहित नायक प्रदीपको उपस्थिति, अनुबन्धित भए लिलिबिलीमा (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jlABnu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top