Photo of Milford Sound in New Zealand

काठमाडौँ,
‘म तिम्रो प्रेममा पागल भएँ । प्रिया अब तिमी मलाई साथ दिन्नौ भने म आत्महत्या गर्छु । तिमी बिना मेरो यो संसारमा केही छैन । प्रिया मलाई एक पटक बुझ्ने कोशिस त गर् ।’ प्रेममा धोका खाएका आम प्रेमिहरुले मुखबाट फुत्त निकाल्ने सबै भन्दा सजिला शब्द यीनै हुन् । तर, ती शब्दमा थोरै सत्य र धेरै काल्पनिकता लुकेको हुन्छ ।
तर, संसारमा कोही यस्ता प्रेमि पनि छन् । जो संसारमा साच्चै आफ्नी प्रेमिकाका सामू ठूला–ठूला अवसरहरु पनि गुमाउन तयार हुन्छन् । अनि प्रेममा पागल पनि बन्न सक्छन् । हो भारतमा यस्तै एउटा घटना भएको छ । भारतीय वायुसेनाका एकजना अधिकृत अहिले कुनै एक युवतीको प्रेमले भिखारी बनेका छन् ।

भारतको पञ्जावस्थित पठानकोट सिभिल अस्पतालमा केही दिनअघि जब एउटा अनौठो दृश्य देखियो तब एकजना सडकमा अलपत्र ब्यक्तिलार्इ कारले ठक्कर दिएपछि उपचारका लागि भर्ना गरियो । भारतीय सञ्चारमाध्यमका अनुसार हेर्दै भिखारीजस्ता देखिने ती व्यक्तिको नाम पवनकुमार रहेछ । उनी नेहरु नगरमा बस्दै आएका रहेछन् ।
सिभिल अस्पतालमा आफ्नो भाँच्चिएको खुट्टाको उपचार गर्न भएका ती व्यक्ति साच्चै प्रेमकै कारण भिखारी बनेका रहेछ । उनले भिखारी भन्नेहरुलार्इ जवाफ दिँदै आफू कुनै बेला भारतीय एयर फोर्समा कार्यरत रहेको तथ्य खोले र सबैलाई चकित बनाए ।

एयर फोर्समा कार्यरत आफू युवतीको प्रेममा परेर भिखारी बनेको उनले बताउँदा उनको कहानी सुन्नेहरु पनि भाबुक भएका थिए । युवतीले प्रेममा धोका दिएपछि आफ्नो यस्तो हालत भएको उनको भनाइ थियो । सडकमै बस्दै आएका उनको अहिले पठानकोट अस्पतालमा उपचार चलिरहेको छ । उनको कुरा सुन्न अहिले अस्पतालमा सयौं मानिस जम्मा हुन थालेका छन् । एजेन्सीहरुको सहयोगमा

The post प्रेमले यसरी भिखारी बनायो भारतीय वायुसेनाका अधिकृत पवनकुमारलाई ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w93sfM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top