Photo of Milford Sound in New Zealand

एजेन्सी, भदौ ३०
घटना छिमेकी मुलुक भारतको ओडिसास्थित भद्रक सहरको हो । त्यहाँ एकजना व्यक्तिले आफ्नो एकवर्षको छोरालाई २५ हजार भारुमा बेचेका छन् ।२५ हजारमा छोरो बेचेपछि प्राप्त रकमबाट उनले मोबाइल फोन, गहना, कपडा खरीद गरे भने बाँकी रकम रक्सीमा खर्च गरे ।

घटना सार्वजनिक भएपछि प्रहरीले पाण्डिया मुखी नामका ती अभियुक्त र उनका एक छिमेकीलाई पक्राउ गर्‍यो । अनि बच्चाको सकुशल उद्दार गरेर बच्चाको आमाको साथ लगाएको छ । अनि अदालतको आदेशमा बच्चा बेच्ने र उनका छिमेकीलाई जेल पठाइएको छ ।

सोमनाथ सेठी नाम गरेका व्यक्तिले २५ हजार रकम खर्छ गरेर उक्त नानी किनेका थिए । केही वर्ष पहिले दुर्घटनामा आफ्नो सन्तान गुमाएका थिए र बच्चाबच्ची खरीद गरिदिनका लागि एक दलाललाई ४५ हजार भारु दिएका थिए । दलालले पाण्डियालाई २५ हजार भारु दिएर बच्चा खरीद गरिदिन सफल भयो र बाँकी २० हजार भारु आफैंले राख्यो ।

The post आफ्नो सन्तानलाई बेचेर मोबाइल र गहना किनेपछि…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x9vr2M
via IFTTT

0 comments:

Post a Comment

add

 
Top