Photo of Milford Sound in New Zealand

भारतमा भयानक कार दुर्घटनामा चार जनाको ज्यान गएको छ ।
पञ्जाबको लुधियानास्थित साउथ सिटी रोडमा तीव्र गतिमा गुडिरहेको कार सडकको किनारामा ढुङ्गामा क्रस भएर ८ फिटमाथि उछिट्टिदै रुखमा ठोक्किदा कारमा सवार दुई युवती र दुई युवकको घटनास्थलमा नै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा कारको पछाडि बस्ने एक युवक गम्भीर रुपमा घाइते भएका छन् ।

यो घटनाको अर्काे पाटो पनि बाहिर आएको छ । जहाँ कारमा सवार पाँचै जनाले दुर्घटना हुनुभन्दा केही मिनेट अगाडि मात्रै सेल्फी फोटो खिचेका थिए र, फोटोलाई सामाजिक सञ्जाल स्न्यापच्याटमा राखेका थिए ।

उनीहरुले कारमै बसेर भिडियो समेत बनाएका थिए । यो रमाइलो गरिरहेको भिडियो पनि स्न्यापच्याटमा अपलोड गरेका थिए ।
समाचार अनुसार फोटो भिडियो अपलोड गरेको केही समयमै दिउँसो करिब २ बजेर १५ मिनेटमा भएको कार दुर्घटना हुन पुग्यो । दुर्घटना यति भयानक थियो कि कार चलाइरहेका गौरिश वर्माको गिदी रुखमा टाँस्सिएको पाइयो । एक युवतीको हात उखेलियो, एक युवकको टाउको किच्चियो र अर्काको खुट्टा फाटिएको भेटियो ।

स्थानिय थाना मुल्लापुरका पुलिसले मृतकको पहिचान संयम अरोडा, गौरीश वर्मा, रिशिका बस्सी र मालीगञ्जकी इशानी जिन्दलको रुपमा गरेको र स्थानीयको सहयोगमा मृतकका शवलाई बाहिर निकालेको र घाइतेको उद्दार गरिएको जनाएको छ ।

कलेजमा जाडो विदा भइरहेका बेला पाँचै जना शुक्रबार दिउँसो घुम्न निस्केको अनुसन्धानमा खुलेको छ । तर, घुम्न नपाउँदै चारले संसार छाडे । एक अस्पताल पुगे । र, त्यो सेल्फी अन्तिम भयो ।

The post मृत्युभन्दा पाँच मिनेटअघि मात्रै सेल्फी, भयानक कार दुर्घटनाले यसरी लियो ज्यान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x9U1lg
via IFTTT
06 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top