Photo of Milford Sound in New Zealand

काठमाडौं, भदौ १९ – चर्चित नेपाली टेलिभिजन रियाललिटी शो ‘नेपाल आइडल’ आयोजकले आफूविरुद्ध अनर्गल प्रचारबाजी तथा गालीगलौज नगर्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरको टेलिभिजन शोको प्रतिष्ठामाथि आँच आउने काम नगर्न आग्रह गर्दै केही समूह नेपाल आइडल प्रतियोगितालाई नै विवादित बनाउन लागिपरेको नेपाल आइडलले फेसबुकमा लेखेको छ । केही दिनदेखि प्रतियोगिता आयोजक, निर्णायक र कर्मचारीलाई सामाजिक सञ्जालमा अपाच्य र तल्लो स्तरको भाषा प्रयोग गर्दै गाली गरेका व्यक्तिको सूचि प्रहरीलाई बुझाउने तयारी गरेको आयोजकको भनाई छ ।

साथै गत शुक्रबार नो इलिमिनेसन डे घोषणा गरिएको कुरालाई लिएर धेरै नै गुनासो आएकोले आउने हप्ताको भोटिङ निःशुल्क बनाउन फ्रिमेन्टल मिडियासँग छलफल भइरहेको पनि प्रतियोगिता आयोजकको भनाई रहेको छ ।

त्यस्तै शोमा कुनै पनि मनोमानी नभएको र आफूलाई कार्यक्रम सञ्चालन गर्न दिने फ्रिमेन्टल मिडियाको नियम भन्दा बाहिर गएर प्रतियोगिता सञ्चालन नभएको पनि कम्पनीको दाबी छ ।

The post नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिको सूचि प्रहरीमा बुझाउने तयारी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ewHsoP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top