Photo of Milford Sound in New Zealand

के तपाइको घरमा साङ्ला सताएर हैरान हुनुहुन्छ । अब चिन्ता नालिनिहोस् हामीले यसको सरल उपाए तपाईलाई दिदै छौं ।सामान्यतया घरमा ओसको मात्रा बढी हुँदा साङ्लाहरुलाई रहन वा बच्न सहज हुन्छ । साङ्लाहरुको आवास भनेकै भान्साको आसपास खाने कुरा भएको ठाउमा नै हुने गर्दछ ।

बजारमा साङ्ला भगाउन भनौ या मार्नका लागि बजारमा अनेक तरहका रसायनिक औषधि पाइन्छन् । तर, यी औषधीहरु स्वास्थ्यका लागि हानिकारक हुन्छन् । यदि घरमा साना बच्चा छन् भने रासायनिक औषधि होइन, घरेलु उपाय नै अपनाउनु बुद्धिमतापूर्ण कार्य हुन्छ ।

साबुन पानी
साङ्ला मार्ने सबैभन्दा उत्तम उपाय भनेको साबुनपानी हो । साबुन या स्याम्पुको झोलले सबैभन्दा छिटो र सजिलो किसिमले साङ्ला मर्दछन् ।साङ्लाको शरीरमा साबुनको झोल परेपछि यसले बाहिरबाट हावा लिन पाउँदैन ।

साङ्लाले श्वास फेर्न छालाको सहारा लिने हुँदा शरीरमा साबुनको झोलले स्वास फेर्न अथवा लिन अप्ठ्यारो हुने कारणले गर्दा साङ्ला सास लिन नसकी छटपटिएर मर्छ ।

के, कसरी गर्ने त ?
एउटा भाँडोमा नुहाने साबुनको झोल तयार गर्ने । स्याम्पु मिसाउँदा पनि हुन्छ । सांग्लाहरु भएको स्थानमा यो झोल छर्किने । सांग्लाहरु भाग्न नपाउन भनेर चारीतिर झेलको अलि चौडा घेरा बनाउँदा पनि हुन्छ ।

अब यो झोल सांग्लामाथि छर्किने । सांग्ला भाग्न खोज्छन् । केही मर्छन् । भाग्न खोजेका सांग्लामाथि यो झोल छर्किँदै जाने । लुगा धुने साबुन भन्दा नुहाने साबुन डिटोलको झोलले यो छिटो मर्दछन् । यस बाहेक अन्य उपायहरु यसप्रकार छन् ।

तेजपत्ताको प्रयोग
तेजपत्ताको गन्धसँग कक्रोच भाग्ने गर्छ । त्यसैले केही पत्ता कक्रोच धेरै बस्ने कुनामा राखिदिनुहोस् । यसको गन्धले कक्रोच आफैँ भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई बदल्नुपर्छ ।

सोडा र चिनी कचौरामा बराबर मात्रामा सोडाको धुलो र चिनी मिसाएर कक्रोच धेरै बस्ने ठाउँमा राख्नुहोस् । चिनीको गुलियोले कक्रोचलाई आकर्षित गर्छ, त्यसलाई खाएपछि सोडाले मार्ने काम गर्छ । समय–समयमा यसलाई पनि परिवर्तन गरिराख्नुपर्छ ।

ल्वाङ
ल्वाङको गन्ध ल्वाङ पनि कक्रोच भगाउने उत्तम उपाय हो । कक्रोच धेरै लाग्ने ठाउँमा ल्वाङका केही टुक्रा अथवा धुलो राखिदिनुहोस् । यस उपायबाट कक्रोच भाग्छ ।

मट्टीतेल
हामीले मट्टीतेलको प्रयोगद्वारा पनि साङ्लाबाट मुक्ति पाउन सकिन्छ । तर, यो प्रज्वलनशील पदार्थ भएकाले प्रयोग गर्दा निकै सावधानी र सजगता भने अपनाउनु पर्ने जरुरी रहन्छ । भान्सालाई सधै ओसमुक्त पर्ने प्रयत्न गर्नुहोस् ।

साङ्ला रहनको लागी ओसिलो ठाउँ अतिनै अनुकूल मानिन्छ । त्यसैले पनि हजुरले आफ्नो भान्सा कोठालाई ओसमुक्त राख्नुभयो भने पनि साङ्लाबाट केही हदसम्म भएपनि राहत हुन्छ।

The post साङ्लाले सताएर हैरान हुनुहुन्छ ? लौ हेर्नुस साङ्ला भगाउने घरेलु उपाय appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w5ZIjX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top