Photo of Milford Sound in New Zealand

सर्पले टोक्यो ? यस्ता प्राथमिक पद्दति अपनाएमा बच्न सकिन्छ

सर्पले टोक्यो कि अब केही हुन्छ भनेर आत्तिने प्राय हाम्रो मानसिक सोच नै हो । सर्प र सर्पको टोकाइको तरीकाले विष लाग्छ वा लाग्दैन भन्ने निक्र्यौल गर्छ । सर्पको विष मांशपेशीबाट रगत हुँदै रगतको माध्यमले मुटु र मस्तिष्कमा पुग्ने हुन्छ ।

सर्पले टोकेपछि विष लाग्यो वा लागेन भन्ने कुरा शरीरमा यस्तो आएको परिवर्तनले पनि जान्न सकिन्छ

घाउमा दाँतको चिन्ह हुन्छ ।जीउ सुन्निन थाल्छ ।छालाको रंग बदलिन्छ ।झमझमाउने दुख्ने हुन्छ ।बिरामीको मुखबाट फिज आउँछ ।आँखा आधा बन्द हुन्छ ।शरीर कम चल्न थाल्छ ।श्वास प्रश्वासमा समस्या आउँछ ।

प्राथमिक उपचार :

टोकेको ठाउँभन्दा माथि हलुकासँग बाँध्नेबिरामीलाई सकेसम्म हलचल गर्न नदिनेटोकेको ठाउँलाई नहल्लियोस् भन्नको लागि काठले बाँध्नेटोकेको भाग मुटुको तहभन्दा तल राख्नुपर्छसकेसम्म छिटो स्वास्थ्य संस्थामा लैजाने ।

सर्पले टोकेको ठाउँभन्दा माथि बाँध्नु हुन्छ कि हुँदैन ?

सर्पले टोकेपछि विष माथि नफैलियोस् भन्नका लागि बाध्ने चलन छ । तर बाध्ने तरिका मिलेन भने यो उपचार नभई गल्ती हुन जान्छ । टोकेको ठाउँबाट विष माथि नफैलियोस् भन्नका लागि ब्यान्डेजले हलुका बाध्नु राम्रो हो तर रगत सञ्चालनमा समस्या आउने गरी बाध्नु पटक्कै हुँदैन । रबर जस्ता कडा वस्तुले कसिलो गरी बाध्दा रगत सञ्चालन हुन पाउँदैन र कोषहरु मर्छ । धेरै लामो समयसम्म यहि अवस्था रहेमा बाधेको ठाउँभन्दा तलको भाग काट्नुपर्ने हुन्छ ।

सर्पले टोकेपछि गरिने गलत बानि

मुखले चुस्ने – सर्पले टोकेको ठाउँमा मुखले चुस्नु चलचित्रमा देखाउँदा मात्रै राम्रो हो । वास्तविक जीवनमा मुखले चुस्यो भने घाउमा किटाणुको संक्रमण हुन्छ ।

⇔ टोकेको ठाउँमा ढुंगाले घोट्ने

⇔ घाउमा भएको ठाउँमा काटेर हेर्ने वा काटेर फाल्ने

⇔ सर्पले टोकेको विष शरीरमा फैलने समय एकैनाशको हुँदैन, कुन ठाउँको सर्प र कुन प्रजातिको हो भन्ने आधारमा नै विष फैलने हुन्छ ।

⇔ पहाडि क्षेत्रमा हुने सर्पको विष सामान्य किसिमको हुन्छ, तर तराईमा पाईने सर्पको टोकाई धेरै नै खतरनाक हुन सक्छ । सर्पको टोकाईले विशेष प्रभाव पार्ने भनेको नसा, मुटु अनि मस्तिष्क नै हो । विशेषगरी गोमन र कोरेतजस्ता अति विषालु सर्पको टोकाईपछि बिरामीको ज्यान स्वास प्रस्वास प्रणलीमा समस्या आएर हुन्छ ।

The post सर्पले टोक्यो ? यस्ता प्राथमिक पद्दति अपनाएमा बच्न सकिन्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2eFjU4Z
via IFTTT

0 comments:

Post a Comment

add

 
Top