Photo of Milford Sound in New Zealand

साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘ए मेरो हजुर २’ अहिले प्रदर्शनको क्रममा रहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले आजको दिनसम्म एकदमै राम्रो ब्यापार गरिरहेको छ । चलचित्रको सोमबारको ब्यापारको रिपोर्ट आउन बाँकी भएता पनि आईतबारसम्म चलचित्रको ग्रस कलेक्सन तीन करोडभन्दा बढिको हाराहारीमा भएको मिडिया रिपोर्टहरु बाहिरिईरहेका छन् ।

चलचित्रको सफलतासँगै साम्राज्ञी हिट नायिकाको सुचीमा परेकी छिन् । पहिलो चलचित्रबाट एकदमै राम्रो प्रशंसा बटुलेकी साम्राज्ञीको दोश्रो चलचित्रले पनि बम्पर ओपनिङ गरेपछि उनी निकै उत्साहित भएकी छिन् । पहिलो चलचित्र ‘ड्रिम्स’ अनमोल केसी सँग गरेपछि उनी छायाँमा पर्ने हुन् कि भन्ने सबैले अनुमान लगाएका थिए तर त्यसो भएन । समिक्षकहरुले अनमोलको भन्दा उनको अभिनयको तारिफ गरेका थिए भने दर्शहरुले पनि उनको बोल्डनेसलाई मन पराएका थिए, चाहे त्यो आवाजमा होस् वा अरु कुनै ।

पहिलो चलचित्रमा उनले गरेको कामलाई सबैले मन पराएपछि उनलाई चलचित्रमा काम गर्ने अफरको ओईरो लागेको थियो । ‘ड्रिम्स’ पछि उनले तीन ओटा चलचित्रहरुमा काम गरिसकेकी छिन् । ‘ए मेरो हजुर २’ अगाडी उनी अभिनित चलचित्र ‘तिमीसँग’ प्रदर्शनमा आउने कुरा थियो तर बिशेष कारणले सो चलचित्रको प्रदर्शन मिती सारिएको हो । उनी अहिले ‘ए मेरो हजुर २’ को प्रोमोशनसँगै चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को तयारीमा ब्यस्त छिन् ।

The post साम्राज्ञी हिट नायिकाको सुचीमा , प्रदर्शनमा आएको सबै फिल्म हिट appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w181bU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top