Photo of Milford Sound in New Zealand

काठमाडौं, २८ भदौ । बलिउड फिल्ममा सौतेनी आमाको छवि डरलाग्दो हुन्छ । तर असली जिवनमा सौतेनी आमा बच्चाको साथी सावित भएका छन् । बलिउडका केही नायिकाहरु सौतेनी आमा बनेका छन् । उनीहरुले सौतेनी छोरा छोरीलाई माया गर्ने गरेका छन् । यी हुन बलिउडका सौतेनी आमा, जसले सौतेनी शव्दलाई मायाँमा बदलेका छन् ।

करिना कपुर

करिना कपुर खान र उनकी सौतेनी छोरी सारा अली खानको उमेर १३ बर्ष मात्रै फरक छ । सैफ अली खानसँग विवाह गरेपछि करिनाले आफ्ना सौतेनी छोरा छोरीलाई केही दुश्मन सम्झिनन् । उनी सँधै उनीहरुसँग साथीकारुपमा प्रस्तुत भइन् । सारा सैफीको पहिली पत्नी अमृता सिंहकी छोरी हुन् ।

मान्यता

मान्यता र संजय दत्तलाई तेस्रो विवाह पछि आफ्नो साँचो मायाँ प्राप्त भयो । यी यी दुईको विवाह हुनुभन्दा अघि दुई पटक विवाह गरेका थिए । संजयकी जेठी छोरी त्रिशला उमेरमा सौतेनी आमा मान्यता भन्दा ९ बर्ष कान्छी हुन् । मान्यता र त्रिशलाको सम्बन्ध साथी जस्तै छ ।

सोनी राजदान

पुजा भट्ट आफ्नी सौतेनी आमा सोनी राजदानसँग खुबै मिल्छिन् । पुजा महेश भट्टकी जेठी छोरी हुन् । पुजा र सोनीको उमेर १६ बर्षले फरक छ ।

किरण राव

अमिर खानकी श्रीमति किरण राव आफ्ना दुवै सौतेनी बच्चालाई खुबै मायाँ गर्छिन् । अमिरका जेठा छोरा जुनैद खान सौतेनी आमा किरण भन्दा करिब २१ बर्ष कान्छा हुन् ।

सलमान खान र हेलेन

बलिउडका दवंग खान सलमान र उनकी सौतेनी आमा हेलेनका सम्बन्ध राम्रो छ । सलमानका पिता सलीम खानले दुई विवाह गरेका थिए । उनकी पहिली पत्नीको नाम सलमा खान र दोस्री पत्नीको नाम हेलेन हो । हेलेन खान परिवार र सलमानसँग घुलमिल गर्छिन् । एजेन्सी

The post यी हुन बलिउडका चर्चित सौतेनी आमा, जसले सौतेनी शब्दलाई मायामा बदले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wZKDPJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top