चितवन जिल्लाको नारायणगढ बजारमा चटपटे तथा पानीपुरी बिक्रीमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै नारायणगढ बजार क्षेत्र, नारायणी नदी किनार तथा भित्री बजारहरुमा चटपटे तथा पानीपुरी बिक्री गर्न रोक लगाएको हो ।
मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको जिल्ला प्रशाासन कार्यालयले जनाएको छ ।
यस्तै साँघुरा सडक र गल्लीमा ठेलामा राखेर बिक्री गरिने चटपटे खानेको भिडले सवारी आवागमनसमेत प्रभावित हुने गरेकाले त्यसलाई न्यूनिकरण गर्न यस्तो व्यवस्था गरिएको जनाइएको छ ।
यसअघि सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको थियो । बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो। स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको जनईएको थियो ।
The post अब चटपटे र पानीपुरी बेच्न नपाइने, यस्तो छ कारण, सबैको जानकारीको लागी सेयर गरौं । appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2eVwNrx
via IFTTT
0 comments:
Post a Comment