Photo of Milford Sound in New Zealand

अन्तिम तीनमा आइपुग्दा कस्तो महसुस हुँदैछ ?

एकदमै मजा आइरहेको छ, गर्व लागेको छ । बाबा ममीले देखेका सपनाहरू पूरा हुँदै गदै गइरहेका छन् । कुनै कुनै खुशी व्यक्त गर्न शब्द नै हुँदैनन् । मलाई अहिले त्यस्तै भइरहेको छ । मलाई नेपाल आइडलको ‘टप १०’ सम्म नै आइपुग्दिनँ होला भन्ने लागि रहेको थियो ।

निर्णायकहरूले पनि मलाई माया गरिदिनुभयो । यसका साथै दर्शकहरूले पनि मेरो आवाज मन पराइदिएर भोट दिनुभयो र म यहाँसम्म आइपुगेँ । पहिला–पहिला त्यति धेरै दर्शक र निर्णायकहरूका अगाडि नर्भसजस्तै हुने रहेछ । शुरुमा मञ्चमा चढेर गीत गाउन खोज्दा त ‘कुल’ हुन्छु भन्दा पनि सकेकै थिइनँ । मुटु ढुकढुक गरेको थियो । उहाँहरू हामीभन्दा धेरै सिनियर हुनुहुन्छ । उहाँहरूको सामुन्ने गीत गाउनुपर्दा डर लाग्दो रहेछ । पछिपछि बानीजस्तै भयो, त्यसपछि आरामले गाउन थालियो ।

अडिसन पास हुँदा परिवार र साथीहरूको प्रतिक्रिया के थियो ?
अडिसन दिन जाँदा नेपाल आइडल नै हुन्छ/हुँदैन भन्ने शंका लागिरहेको थियो । त्यतिवेला हामीलाई सानो प्रोजेक्ट देखाइयो र म ढुक्क भएँ । त्यसपछि अडिसनमा छानिएँ । गोल्डेन कार्ड लिएर घर आएँ । यो थाहा पाएर आमा धेरै खुशी हुनुभयो । बुवाआमा, दिदी भिनाजुले सधैं साथ अनि प्रेरणा दिइरहनुभयो । साथीहरूसँग मेरो राम्रो सम्बन्ध थियो । उनीहरू सबैसँग ‘तँ’ नै चल्थ्यो । नेपाल आइडलको चर्चा हुँदै गर्दा पनि हरेक दिन उनीहरूले मलाई ‘बुद्धे तँ नेपाल आइडलमा जानुपर्छ’ भनेर भनिरहन्थे । उनीहरू त मलाई काठमाडौंबाट कार चढेर आउनुपर्छ भन्थे । अहिले पनि हामी रमाइलो गर्छौँ । फोनमा पनि कुरा भइरहन्छ । म बद्लिएको छैन ।

पहिलकै बुद्धे हँु । बरु ती बच्चैदेखिका साथीहरूले अहिले मलाई ‘तपाईं’ भन्न थालेका छन् । उनीहरूलाई गाली गर्छु, मलाई ‘तँ’ नै भनेर बोला भन्छु । तँ ठूलो भइस्, हामी जहाँको त्यहीँ छौँ भन्छन्, उनीहरू । उनीहरूले मलाई सधैं सहयोग गरे । अहिले पनि गरिरहेका छन् । भर्खरै म पोखरा गएँ । एयरपोर्टबाट बाहिर निस्किँदा त सम्पूर्ण पोखरेली उर्लिएर आएजस्तो लाग्यो । काँधले थेग्न नसक्ने माला लगाइदिए । घर पुग्दा त एकछिन बोल्न सकिनँ, आमा पनि बोल्नै सक्नुभएन । मेरो आँशुबाटै मैले सबैथोक भनेँजस्तो लाग्यो ।

तपाईंलाई कस्ता खालका मान्छेले समर्थन गरे होलान् जस्तो लाग्छ ?
म पोखरा जाँदा होस् या काठमाडौंमै हुँदा, सबैथरीकाले मलाई मन पराइदिनुभयो । अहिले जातीय कुरा एकदमै आइरहेको छ, तर त्यस्तो होइन । निशानलाई पनि मगर, गुरुङ, राई सबैले सहयोग गरिरहेकै छन् । त्यस्तै, प्रतापलाई पनि सबैथरीका मान्छेको सहयोग छ । म जब पोखरा गएँ, मलाई बाहुन, क्षत्री, राई, लिम्बू सबैले माया गरिदिनुभयो । नेपाल आइडललाई जातीय आइडल नबनाइयोस् । नेपाल आइडल बन्नुपर्छ जातीय आइडल होइन ।

साथीहरू बाहिररिँदा कस्तो अनुभव भयो ? को बाहिरिँदा सबैभन्दा नराम्रो लाग्यो ?
उल्सन श्रेष्ठ दाइले हरेक कुरामा सम्झाउनुहुन्थ्यो । ‘मेचुअर’ हुँदै जानु पर्नेदेखि कसलाई कस्तो व्यवहार गर्नेसम्म सिकाउनुहुन्थ्यो । हरेक कुरामा उहाँले हेरविचार गर्नुभयो । उहाँ बाहिरिँदा एकदमै नराम्रो लागेको थियो । आफूलाई गाइड गर्ने मान्छे बाहिरिदा आँशु आउने रहेछ । बाहिरबाट हामी जुधिरहेको देखिए पनि हामी एकदमै मिलेर बसेका छौँ । कुनै नराम्रो छैन ।

नेपाल अाइडल पिन सकिँदैछ । अब स‌गीतलाइ कसरी लिएर अघि बढ्नुहुन्छ ?
नेपाल आइडलले एउटा बाटो खोलिदिएको छ । अहिले यहाँसम्म आइपुगेको छु । अब भविष्यमा योभन्दा राम्रो गर्न चाहन्छु । गला अझै तिखार्छु । अब म संगीत छाडेर बस्न सक्दिनँ । जे–जति गर्छु यहीँ गर्छु यसैमा गर्छु, अझै राम्रो गर्छु ।

अन्नपूर्ण पोष्ट बाट

The post नेपाल अाइडल जातीय आइडल नबनाइयोस् : बुद्ध लामा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fg0Vuj
via IFTTT

0 comments:

Post a Comment

add

 
Top