Photo of Milford Sound in New Zealand

काठमाडौं। शनिबार दिउँसो राजधानीको टुँडिखेलमा भएको नेपाल आइडल फाइनलिस्टको कन्सर्टमा फ्यानहरुको चाप थामिनसक्नुको थियो । अत्याधिक भीडभाड भएका कारण सुरक्षाकर्मीलाई दर्शक सम्हाल्नै मुस्किल थियो । भीड बढी र अत्याधिक दौडधुप भएपछि दर्शकहरुमा स्वास्थ्य समस्या देखियो ।
फ्यानहरुको क्रेज यतिसम्म थियो कि केही फ्यानहरु बेहोस भएर मैदानमै ढले । सुरक्षाकर्मीहरु सीमित भएका कारण यसरी बेहोस भएकालाई सम्हाल्न निकै समस्या भएको थियो ।

पहिल्यै सुरक्षाको पर्याप्त व्यवस्था नहुँदा यस्तो समस्या आएको देखियो । कन्सर्टमा आएका युवतीहरु बेहोस भएर ढल्दा त्यहाँ स्ट्याण्डबाइ अवस्थामा महिला सुरक्षाकर्मी नभएपछि ती युवतीलाई पुरुष सुरक्षाकर्मीले नै उठाएर बाहिर लैजानु परेको थियो । सामान्यतया महिलालाई हात नै लगाउनुपर्दा महिला सुरक्षाकर्मी चाहिने हो तर महिला सुरक्षाकर्मी तत्काल उपलब्ध नहुँदा समस्या भयो । भीडभाडमा बेहोस भएकालाई बचाउनु नै थियो त्यसकारण पुरुष सुरक्षाकर्मीले नै उनीहरुलाई बचाउनु परेको थियो । भिडियो हेर्नुहोस् –

dcnepal

The post नेपाल आइडलको कन्सर्टमा युवतीलाई पुरुष सुरक्षाकर्मीले हात लगाएपछि… (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ygON4r
via IFTTT

0 comments:

Post a Comment

add

 
Top