Photo of Milford Sound in New Zealand

आफ्नै दिदीले १२ वर्षकी बालिका बहिनीलाई ३ जना बलात्कारीको हातमा सुम्पेर सामूहिक बलात्कार गर्न सघाइरहेकी थिइन् । बहिनी पीडाले सहन नसकेर चिच्याउन थालिन् । बलात्कारीहरुले उनको आवाज दबाउन घाँटी मुख थुने । यसरी थुनेर जबरजस्ती बलात्कार गर्दा बहिनीको ज्यान गयो । त्यसपछि सबैले चुपचाप बालिकाको शवलाई तलाउमा फालिदिए र फरार भए । पछि शव भेटिएपछि अनुसन्धानको क्रममा यस्तो रहस्य खुलेको हो ।

ती युवतीले १२ वर्षकी आफ्नै फुपुकी छोरीलाई १ हजार रुपैयाँको लोभमा आफ्नै नाजायज सम्बन्ध भएका ३ युवकलाई बेचिदिइन् । ती ३ युवकले ती बेचिएकी युवतीलाई जबरजस्ती बलात्कार गर्न खोज्दा नमानेपछि उनको हत्या गरिदिएका छन् । घटना ४ दिनअघि भएको हो । अनुसन्धानको क्रममा बहिनी बेच्ने युवतीले अहिले आफैंले बहिनी बेचेको तथ्य खुलाएकी हुन् । भारतको बिहार मधुवनीकी ती युवतीले आफ्नी बहिनी बेचेको स्वीकार गरेकी हुन् ।

प्रहरीले अनुसन्धानमा पत्ता लगाएअनुसार ती युवतीको गाउँकै तीन जना युवकसँग अबैध यौन सम्बन्ध थियो । ती ३ युवकहरुले उनलाई हजार रुपैयाँको लोभ दिएर अर्की केटी पनि ल्याउन भनेका थिए । ती युवतीले त्यही पैसाको लोभमा आफ्नै १२ वर्षकी फुपुकी छोरी बहिनी लिएर गइन् । गाउँमा मेला हेर्न भन्दै लिएर गएकी ती युवतीले बहिनीलाई ती युवकको हातमा सुम्पिदिइन् ।

त्यसपछि ती ३ युवकले बालिकालाई बलात्कार गर्न खोजे । तर ती बालिका जोडजोडले चिच्याउन थालिन् । उनी चिच्याएपछि ती युवकले बालिकाको मुख र घाँटी थिचे । जसका कारण ती बालिकाको घटनास्थलमै मृत्यु भयो । मृत्युपछि सबैले मिलेर लाशलाई तलाउमा फलिदिए । पहिले केही बताउन नखोजेकी मामाकी छोरीलाइृ प्रहरीले कडाइ गरेपछि उनले सबै कुरा बताएकी हुन् ।dcnepal

The post दिदीले गराउँदै थिइन् बहिनीको सामूहिक बलात्कार, पीडाले चिच्याएपछि घाँटी र मुख थुन्दा गयो ज्यान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xIAPeD
via IFTTT

0 comments:

Post a Comment

add

 
Top