Photo of Milford Sound in New Zealand

एजेन्सी। तस्वीरमा देखिएका यी बालकको खोजीमा पूरै सरकार लागिपरेको छ । फिलिपिन्सको भनिएको यो फोटोमा देखिएका यी बालक को हुन् भन्ने अझै पत्ता लागेको छैन तर यी बालकको खोजीमा फिलिपिन्स सरकारले निकै मेहनत गरिरहेको छ । पछिल्लो समय यी बालकको चर्चा बढिरहेको छ ।

यी बालकको फोटो फिलिपिन्सकी हिरोइन शेरोन कुनेटाले इन्स्टाग्राममा शेयर गरेकी थिइन् । त्यसलगत्तै दुई दिनमै यो फोटोमा ३६ हजार लाइक र ५ सय भन्दा बढी कमेन्ट आएका थिए । शेरोन कुनेटाले फाटो शेयर गर्दै लेखेकी थिइन् ‘म यी बालकको सबै तरकारी किनेर यिनलाई स्कुल पठाउन चाहन्छु । कसैले मलाई उनको ठेगाना बताइदिन सक्नुहुन्छ ?’

उनले फोटो शेयर गरेसँगै अहिले फिलिपिन्स सरकारले पनि यी बालकको खोजी गरिरहेको छ । सरकारले यी बालकलाई भेटेर सहयोग गर्न खोजिरहेको जनाएको छ । सोसल मिडियामा शेयर भएसँगै अहिले यी बालकको फोटो निकै भाइरल भइरहेको छ । नेपालकी तरकारीवाली भाइरल भएजस्तै यी बालकको फोटो पनि निकै शेयर गरिएको छ ।

The post यी ‘तरकारीवाला’ बालकको खोजीमा लागेको छ पूरा सरकार, यस्तो छ कारण appeared first on Taja nepali news.

http://ift.tt/2jvKSgI

from SHYANE http://ift.tt/2x3UdC8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top