Photo of Milford Sound in New Zealand

काठमाडौ । हरेक धातुले हाम्रो शरीरलाई कुनै न कुनै असर पारेको हुन्छ । विभिन्न घातुबाट बनेका आभूषण लगाउँदा शरीरलाई फाइदा हुन्छ । तर गलत तरिकाले गरगहना लगाउँदा अशुभ हुने विश्वास गरिन्छ । सुन पनि एउटा यस्तै धातु हो जसलाई लगाउन जानिएन भने संकट आइ पर्न सक्छ । सुन प्रयोग गर्दा तलका निम्न १३ तथ्यलाई ख्याल गर्नुपर्छ:

१. देब्रे हातमा कहिल्यै सुन लगाउनु हुँदैन । यो हातमा सुन लगाउँदा समस्या आउने गर्छ । लगाउनै परेमा भने ज्योतिषसँग सल्लाह लिनुपर्छ ।
२. खुट्टामा सुन पहिरिएमा वैवाहिक जीवनमा समस्या आउने र स्वास्थ्य खराव हुने गर्छ ।
३.घरमा सुन राख्दा उत्तर–पूर्वमा रहेको कोठामा राख्नुपर्छ ।
४. सुनलाई रातो वा पहेँलो कपडामा बाँधेर राख्नुपर्छ । सुनसँग केसर राखेमा धन प्राप्ति हुने गर्छ ।

५. गर्भवती तथा वृद्ध महिलाले सुन लगाउनु हुँदैन ।
६. साइँली औंलामा सुनको औंठी लगाउने हो भने सन्तान प्राप्ति हुन्छ ।
७. ब्राह्मण, पुजारी वा गुरूलाई सुन दान गर्नुपर्छ । अपरिचित वा अप्रिय व्यक्तिबाट सुन लिनु हुँदैन ।
८. सुन भेट्टाउनु वा हराउनु दुबै अशुभ मानिन्छ । सुन हराउँदा बिरामी बिरामी भइने र भेट्टाउँदा खर्च बढ्ने गर्छ ।

९.वैवाहिक जीवनलाई सुखी बनाउनका लागि गलामा सुनको सिक्री र कान्छी औंलामा सुनको औंठी लगाउनुपर्छ ।
१०.फलाम वा कोइलाको काम गर्ने मानिसले सुन लगाउनु हुँदैन । यी व्यक्तिले सुन लगाएमा व्यापारमा नोक्सान पुग्छ । यदि पहिरिनु परेका ज्योतिषसँग सल्लाह लिनु राम्रो मानिन्छ ।

११. सुनमा सर्दी र गर्मी दुबै ऊर्जा हुन्छ । रूघा, ज्वरो आएको बेलामा कान्छी औलामा सुनको औंठी लगाउनुपर्छ । सुनपानी खाने हो भने रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।
१२. कम्मरमा कहिल्यै पनि सुन लगाउनु हुँदैन । कम्मरमा सुन लगाउँदा पाचन प्रणाली खराव हुने र पेटसम्बन्धी समस्या देखिने गर्छ ।
१३. पेट वा मोटोपनको समस्याबाट पीडितले कहिल्यै सुन लगाउनु हुँदैन । साथै धेरै रिसाउने मानिसले पनि सुन लगाउनु राम्रो हुन्न । पुर्बेलीन्युजको सहयोगमा

The post देब्रे हात र कम्मरमा यस कारण नलगाउनुस सुन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ffqHCs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top