Photo of Milford Sound in New Zealand

काठमाडौं । म्यानमार भड्किएको हिंसाको कारण अल्पसंख्यक रोहिङ्गा मुस्लिम समुदायका भारतको बाटो हुदैँ नेपाल भित्रिएको तथ्य फेला परेको छ । ति अल्पसंख्याकहरु बंगलादेश हुदैँ भारतमा शरण लिन आएका थिए तर भारतले शरण दिनुको साटो सुटुक्क नेपाल छिराएको छ ।

जसरी भारतको भुमि हुदैँ भुटानी शरनार्थी नेपाल छिराएको थियो त्यहि शैलीमा रोहिङ्गा समुदायलाई नेपाल छिराउन सहयोग गरिरहेको छ । यसमा सरकार मौन रहेको छ । देशमा के भइरहेको छ भन्ने सरकारले हेक्का राखेको छैन् । भुटानी शरनार्थीलाई नेपाल छिर्न बाटो उपलब्ध गराएको भारतले फर्कनको लागि भने काडेतार सहित सेना परिचालन गरेको थियो ।

भारतले पुन शरनार्थी छिराउनको लागि बाटो उपलब्ध गराउने झेल गर्दै पुन नेपाललाई शरनार्थीकरणमा लैजाने अनुमान लगाउन थालिएको छ । विस्थापित हुन बाध्य म्यानमारीहरु भारतको बाटो हुदैँ नेपाल भित्रिरहेका छन् । भारतले योजनाबद्ध रुपमा नै म्यानमारको शरनार्थीलाई नेपालमा प्रवेश गराएको बुझिएको छ ।

पछिल्लो समय भड्किएको साम्प्रदायीक हिंसाबाट जोगिन रोहिंग्या समुदायले देश छोडिरहेका छन् । म्यानमारमा हिंसा बढेसँगै काठमाडौंको कपनमा रोहिंग्याको संख्या थपिँदै गएको छ । भर्खरै मात्र कपनमा ७ बढी शिविर थपिएको छ । यो क्रम अझै बढ्दो छ ।

म्यानमारबाट विस्थापित भएर बंगलादेश र भारतमा शरण लिइरहेका रोहिंग्याहरुका लागि कपनमा धमाधम शिविरहरु निर्माण भैरहेका छन् । भारतको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै म्यानमारका रोहिंग्यालाई देश निकाला गर्ने बताएको छ । अहिले पनि भारतले म्यानमारको मामिलामा भुटान जस्तै ब्यबहार देखाएको छ ।

म्यानमारको दक्षिण–पश्चिमस्थित राखिने प्रान्तमा झण्डै दश लाख रोहिंग्या समुदायको बसोबास छ । अल्पसंख्यक रोहिंग्या समुदायले उठाएको पहिचानको माग सम्बोधन नभएपछि उनीहरु पछिल्लो समय लडाकू गतिविधिमा सम्लग्न छन् । जसविरुद्ध म्यानमार सरकारले कारवाही गरिरहेको छ । कारवाहीका क्रममा सयौंले ज्यान गुमाउँदा एक लाख तेईस हजार रोहिंग्या थातथलो छाडेर बंगलादेश पुगेका छन् । एपी वानको रिपोर्ट हेर्नुस भिडियो

The post नेपालमाथि अर्को डरलाग्दो षडयन्त्र : म्यानमारबाट विस्थापित रोहिंग्यालाई भारतले नेपाल पठाउँदै appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xmdkbl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top