Photo of Milford Sound in New Zealand

काठमाडौं, भदौ १८ — ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को रकम उपयोग गरेर नेपाल दूरसञ्चार प्राधिकरणले छ नम्बर प्रदेशका तीन जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने भएको छ । प्राधिकरणले सुर्खेत, दैलेख र सल्यान जिल्लामा ब्रोडब्यान्ड नेटवर्क विस्तार तथा इन्टरनेट पुर्याउन सेवा प्रदायकसँग आवेदन माग गरेको छ ।

प्राधिकरणका अनुसार छनोट हुने सेवा प्रदायकले यी तीन जिल्लामा ब्रोडब्यान्ड इन्टरनेटका लागि आवश्यक नेटवर्क विस्तार गर्नुपर्नेछ । नेटवर्कसँगै ती जिल्लाका सार्वजनिक स्थान, स्वास्थ्य चौकी, सामुदायिक विद्यालय, गाउँपालिका तथा नगरपालिका कार्यालयमा इन्टरनेटसमेत सोही सेवा प्रदायकले नै पुर्याउनुपर्नेछ ।

छनोट भएको एक वर्षभित्रै यो काम सम्पन्न गर्नुपर्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार सेवा प्रदायकले त्यसपछि दुई वर्षसम्मका लागि तोकिएका स्थानमा निःशुल्क इन्टरनेट पनि उपलब्ध गराउनुपर्नेछ । सेवा प्रदायकले असोज २९ गतेभित्र प्राधिकरणमा आवेदन पेस गर्नुपर्नेछ ।

प्राधिकरणले यसअघि पनि देशका दुई दर्जन बढी जिल्लामा ब्रोडब्यान्ड नेटवर्क विस्तार र इन्टरनेट पुर्याउने प्रक्रिया अघि बढाइसकेको छ । देशैभर ब्रोडब्यान्ड (५१२ केबीपीएस गति) इन्टरनेट पुर्याउने सरकारी योजना अनुसार प्राधिकरणले इन्टरनेट विस्तार प्रक्रियालाई अघि बढाएको हो । recentnepal

The post अब यि जिल्लामा निःशुल्क इन्टरनेट चलाउन पाइने, कुन–कुन हुन् ती जिल्ला ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x29O5v
via IFTTT

0 comments:

Post a Comment

add

 
Top