Photo of Milford Sound in New Zealand

जाजरकोट – भेरी नगरपालिका ४ बोहराकी पुर्णिमा कुमारी मल्ल र उनकी छोरी अमृता चन्द संगै एउटै बेन्चमा बसेर पढेको देखेर त्रिभुवन माध्यमिक विद्यालयको ११ कक्षाका अन्य विद्यार्थीहरू दंग पर्ने गरेका छन्।

प्रत्येक दिन विहानै ६ बजे सुरु हुने कक्षामा विद्यालय पोसाकमा कक्षा कोठा भित्र पुग्ने पुर्णिमा र उनकी छोरी कहिले एउटै बेन्चमा कहिले फरक फरक बेन्चमा बसेर पढ्छिन् । २०५० सालमा ९ कक्षा पढ्दा पढ्दै विवाह गरेर पढाइ छोडेकी ४३ वर्षीया पुर्णिमाले २०६४ सालमा एसएलसी पास गरिन् । स्थानीय वृद्धी आधारभूत विद्यालयमा २०६२ साल देखि नै बाल शिक्षाका बालबालिकाहरूलाई पढाउन थालेकी पुर्णिमाले एसलएलसी भने २०६४मा पास गरिन्।

एसएलसी पास भएपछि बाल शिक्षा पढाउने शिक्षिका बनेकी उनलाई गाउँकै आफन्तहरूले पढाउनै नजान्ने भनेर हेपाहा व्यवहार गरेपछि माथिल्लो तहको पढाइ पुरा गर्ने इच्छा जाग्यो । सानैमा विवाह गरेर आर्थिक अभावका कारणले मैले पढ्न पाइन तर अब उमेर जे सुकै भए पनि म आफ्नो पढाइ पुरा गरेरै छोड्ने सोचमा छु, उनले भनिन् । मेरो पढ्ने चहानालाई पहिले गरिबी र सानो उमेरको विवाहले छेके पनि अब भने छोरीसंगै स्कूल आएर भएपनि आफूले चाहे जति पढ्छु मल्लले भनिन् । १२ कक्षा पास गरेर शिक्षक बन्नका लागि अध्यापन अनुमति पत्र लिएर योग्य शिक्षक बन्ने उनको उद्देश्य छ । छोरीलाई पढाइमा हौसला दिनका लागि पनि आफूले ११ कक्षामा भर्ना भएर छोरी संगै पढ्न थालेको पुर्णिमाले बताइन्।

लामो समयदेखि बाल शिक्षाका बालबालिकाहरुलाई पढाउन थालेकी उनलाई माथिल्लो तहको योग्य शिक्षक हुने ठूलो रहर छ । आफ्नो सपना र रहर पुरा गर्न कुनै संकोच नमानी छोरीसंगै ११ कक्षामा भर्ना भएको उनी बताउछिन् । घरमा आमा छोरीको व्यवहार भएपनि विद्यालयमा भने साथीको जस्तो व्यवहार गर्दै दुवै आमा छोरीले निकै सक्रियता र ध्यान दिएर पढ्ने गरेकी छिन् । पुर्णिमाको पढाइ मोह देखेर कक्षाका विद्यार्थीहरु मात्र होइन विद्यालयका शिक्षकहरु पनि दंग परेका छन् । भर्खर १५ वर्ष पुगेका विद्यार्थीहरुसंगै बसेर निकै मेहनतका साथ पढ्ने पुर्णिमाको रुचि देख्दा खुसी लाग्ने गरेको त्रिभुवन माध्यमिक विद्यालय खलंगाका शिक्षक राजेन्द्र कार्कीले बताए । छोरीसंगै एउटै बेन्चमा बसेर पढाइमा निकै सक्रियता देखाउने पुर्णिमा मल्ल अरु विद्यार्थी र पढाइ छोड्नेहरुका लागि नमुना नै भएको कार्कीले बताए ।

सुरुमा आमा संगै एउटै कक्षामा पढ्न अप्ठेरो लागेपनि अहिले भने आमाको कारणले पढ्ने प्रेरणा मिलेको पुर्णिमाकी छोरी अमृता चन्दले बताइन् । पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरण मेरो आमाको पढाइ मोह र सक्रियताले देखाउँछ, उनले भनिन् । घरमा पनि स्कुलको पढाइ बारे हामी संगै बसेर छलफल गर्दै पढ्छौं चन्दले भनिन् । पुर्णिमाको पढाइ मोह र सक्रियताले पढाइ छोड्नेहरुलाई पढाइमा लाग्न राम्रो प्रेरणा दिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । उनले विभिन्न कारणले पढाइ छोडेकालाई जुनसुकै उमेर र अवस्थामा पनि पढन्का लागि तयार पार्ने काममा सबैले सहयोग गर्नुपर्ने बताए। nagariknews

The post एउटै बेन्चमा बसेर पढ्दै आमा छोरी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xNsR40
via IFTTT

0 comments:

Post a Comment

add

 
Top