Photo of Milford Sound in New Zealand

काठमाडौं, २८ चैत – तपाईंलाई थाहा छ कि छैन कुन्नी ? आज केदार घिमिरे अर्थात हास्य कलाकार माग्ने बुढाको जन्म दिन हो । उनको यही जन्म दिनको अवसरमा उनका जोडी हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले एउटा फोटो सार्वजनिक गरेका छन् ।

उनले निकै पुरानो फोटो राखेर आफूहरुका पुराना दिन स्मरण गर्दै केदारलाई जन्म दिनको शुभकामना दिएका छन् । उनले उक्त शुभकामनामा अहिले केदार बिरामी रहेको र पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

उनले आफूहरु दर्शकको प्रीय बन्ने साझा सपना बुनेर संघर्षको मैदानमा होमिएको समयको फोटो भन्दै निकै पुरानो फोटो पोस्ट गरेका हुन् । त्यही संघर्षकै कारणले आफूहरु दर्शकका माझमा परिचित बनेको समेत बताएका छन् ।

पछिल्लो समयमा धुर्मुस र माग्नेको सम्बन्धमा चिसोपना आएको हल्लाहरु सुनिएका थिए । तर धुर्मुसले माग्ने आफ्नो अनन्य मित्र भएको र उनी सफा मनको धनी भएको रहस्य पनि खोलका छन् ।

सोमवार, चैत्र २८, २०७३ मा प्रकाशित via Lokaantar

The post धुर्मुस र माग्नेको एउटा पुरानो फोटो, जहाँ लुकेको छ एउटा रहस्य appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jVu4QM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top