Photo of Milford Sound in New Zealand

पढ्ने लेख्ने मानिस असल र नपढ्ने जमात चाहिँ खराब । अझै पनि यही दृष्टिकोणबाट मानिसहरुलाई विश्लेषण गर्ने काम गरिन्छ । बलिउडमा यस्ता कहियाैँ चर्चीत कलाकारहरु रहेका छन् जो पढाईमा निक्कै दख्खल रहे भने फिल्मी लाइफमा भने आफ्नो करिअर मजबुत बनाउन असफल भए ।

तर, कम पढेका बलिउड स्टारहरु पनि छन् जसले बलिउडमा बेग्लै स्थान बनाइसकेका छन् । केही यस्तै बलिउड सेलिब्रिटीहरु रहेका छन् जसले १२ कक्षामात्र पास गरेका छन् । तर उनीहरु बलिउड जीवनमा भने अत्यन्त सफल भएका छन् । स्कुले शिक्षा त लिए तर विश्वविद्यालय डिग्री भने पाउन सकेनन् । केही स्टारहरु केही समय विश्वविद्यालयमा भर्नासम्म त भए तर पढाइलाई अगाडि बढाउन भने सकेनन् । तर, पनि उनीहरु आज करोडौ कमाइरहेका छन् ।

१. टाइगर श्राफ
बलिउडमा फिल्म ‘हिरोपन्ती’ बाट करिअर सूरु गरेका टाइगर १२ कक्षामात्र पास हुन् । उनले १२ कक्षासम्मको पढाइ सकेपछि पढ्न छोडिदिए ।

२. सलमान खान
बलिउडका दवंग खानले कक्षा १२ सम्मको पढाइ गरेका छन् । तर ग्रयाजुएसन पुरा गर्नुभन्दा पहिला नै उनी मोडलिङतिर लागे । यसका कारण उनले पढाइ बिचमा नै छोडिदिए ।

३. प्रिंयका चोपडा
प्रिंयका चोपडालाई देख्दा लाग्छ उनले ठुलै विश्वविद्यालयको डिग्री हासिल गरेकी छिन् । सन् २००० मा मिस इण्डिया समेत भएकी प्रियंका कक्षा १२ पास मात्र हुन् । उनले मुम्बईको एक विश्वविद्यालयमा भर्ना त हालिन् तर पढ्नै गइनन् ।

४. करिश्मा कपुर
बलिउडमा कपुर परिवारलाई पढाइ पुरा नगर्ने परिवारको रुपमा लिइन्छ । कपुर खानदानकी छोरी करिश्मा कपुरले त अझ ६ कक्षामा पढ्ने क्रममा नै पढाइ छोडदिएकी थिइन् । पछि उनले फिल्म ‘प्रेम कैदी’ बाट आफ्नो बलिउड करिअर सूरु गरेकी थिइन् ।

५. करिना कपुर
आफ्नो दिदी झै करिना कपुरले पनि पढाइलाई महत्व दिइनन् । तर, उनले कक्षा १२ सम्मको पढाइ भने पुरा गरिन् । पछि उनले मिठीबाइ कलेजमा भर्ना त गरिन् तर बलिउडले उनको पढाइ भंग गरिदियो । फिल्म ‘रिफ्युजी’ मा इन्ट्री पाएपछि उनले बलिउडमै आफ्नो ध्यान बनाइराखिन् ।

६. दीपिका पादुकोण
आज बलिउडकी सबैभन्दा महँगी नायिकाको रुपमा परिचीत यी अभिनेत्री पनि ग्रयाजुएट होइनन् । कक्षा १२ को पढाइ सकेपछि उनले ब्याचरलको पढाईका लागि फर्म त भरिन् तर मोडलिङमा लागेपछि पढाइ अधुरै छोडिन् ।

७. आलिया भाट
बलिउडकी यी क्वीट एक्ट्रेस पनि व्याचलरको पढाइ पुरा गर्न सकिनन् । आलियाले मुम्बइमा रहेको जमानाभाई नरसी स्कुलमा कक्षा १२ सम्मको पढाइ गरेकी थिइन् । तर, त्यस लगत्तै उनलाई फिल्म ‘स्टुटेण्ड अफ द इयर’ मा आएपछि उनले व्याचरलको पढाइ छोडिदिइन् ।

८. अक्षय कुमार
बलिउडका खिलाडी अक्षय कुमार एक्शन हिरोका रुपमा परिचीत रहेका छन् । उनले फिल्ममा सफलता पाएपनि पढाईमा भने पाउन सकेनन । उनले पढाइलाई बिचमै छोडेर बैंकक मार्शल आर्ट सिक्न गएका थिए । उनले अझै पनि आफुले सही निर्णय लिएको बताउँदै आएका छन् ।

९. आमिर खान
आमिर खान बलिउडका मिस्टर पर्फेक्सनिष्ट रुपमा परिचित छन् । तर यी बलिउड पर्फेक्सनिष्ट पढाइमा भने पर्फेक्सनिष्ट देखिएनन् । उनले १६ वर्षकै उमेरमा फिल्ममा काम गर्न थालेका थिए । त्यसपछि उनले ब्यचलरको पढाइ पनि पुरा गर्न सकेनन् ।

१०. ऐश्वर्या राय बच्चन
बलिउडको दुनियाँमा सबैभन्दा सुन्दर युवतीको रुपमा परिचित पुर्व मिस वल्र्डले आफ्नो पढाइ बिचमै छोडि दिएकी थिइन् । सानो उमेर देखिनै मोडलिङमा सोख राखेकी यी अभिनेत्रीले पनि पढाइतिर ध्यान दिन चाहिनन् ।

The post नपढे पनि करोडौ कमाउँछन् यी बलिउड कलाकार, यस्तो छ उनीहरुको पढाइ… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2h9XRnO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top