Photo of Milford Sound in New Zealand

एजेन्सी। उत्तर कोरियाले लगातार धम्की दिइरहेका बेला जवाफमा अमेरिकाले भौतिक कारवाही नै गरेको छ । उसले उत्तर कोरियाको आकाशमा खतरनाक बमवर्षक विमान उडाएको छ । अमेरिकाले कोरियाली पेनिसुलामा ४ स्टिल्थ फाइटर जेट र २ बम्बर विमान उडाएको हो ।

दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले यसको पुष्टि गरेको हो । १५ सेप्टेम्बरका दिन उत्तर कोरियाले खतरनाक मिसाइल परीक्षण गरेको थियो । यो उत्तर कोरियाको छैटौं मिसाइल परक्षिण र जापानमाथि मिसाइल हानेपछिको पहिलो कारवाही हो । उत्तर कोरियाको आकाशमा उडान भरेपछि यी लडाकू विमान जापान फर्किएका थिए ।

केही दिनअघि संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द नगरे उसलाई नष्ट गरिदिने चेतावनी दिएकी थिइन् । अहिले उत्तर कोरियाविरुद्ध अमेरिकाले दक्षिण कोरियामा २८ हजार ५ सय अमेरिकी सैनिक तैनाथ गरेको छ ।

The post धम्कीको जवाफमा अमेरिकाको खतरनाक कदम, उत्तर कोरियाको आकाशमा बमवर्षक विमान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xfZCoV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top