Photo of Milford Sound in New Zealand

बलिउडकी चर्चित अभिनेत्री प्रियङ्का चोपडा निर्मित नेपाली भाषाको फिल्म ‘पाहुना’ले एकदम चर्चा पाएको छ । प्रियंका अहिले उक्त फिल्मबाट पाएको सकारात्मक प्रतिक्रियाले गर्दा एकदमै दङ्ग छिन् । उक्त फिल्मलाई फिल्म विहीबार टोरन्टो फिल्म अवार्डमा प्रदर्शन गरिएको थियो ।

प्रियंका चोपडाकै निर्माण कम्पनी पर्पल पेबलको ब्यानरमा बनेको फिल्मलाई पाखिए टाइरेवालीले निर्देशन गरेकी हुन् । नेपाली भाषामा बनेको सिक्किमी फिल्मले बाल अधिकार, शरणार्थीको अवस्था र राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग्गिएका बालबालिकाको कथा देखिएको छ । फिल्म नेपालबाट भागेर सिक्किम जाने क्रममा बाबुआमासँग छुटेका तीन साहसिक केटाकेटीका कथामा आधारित छ ।

फिल्ममा उत्तम प्रधान, इशिका गुरुङ, अनमोल लिम्बू, मञ्जु केसी, सुजय राई आदि कलाकारको अभिनय रहेको छ । प्रियंकाले फिल्म प्रदर्शनको खुशीलाई इन्स्टाग्राममा भिडियो पोस्ट गरेर व्यक्त गरेकी छिन् । उनले निर्देशक पाखिए, टोरन्टो फिल्म फेस्टिभलका आयोजक र आमा मधु र मुख्य दुई बाल कलाकारलाई ‘पाहुना’ निर्माण र प्रदर्शनमा साथ दिएको निम्ती धन्यवाद दिएकी छिन् ।

The post यस्तो छ प्रियंका चोपडाको नेपाली चलचित्र ‘पाहुन’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xJKgdG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top