Photo of Milford Sound in New Zealand

ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी
लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने,
खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको
खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु,
पेट भारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै
यसको लक्षण हो । यसबाट बच्ने घरेलु उपायहरू धेरै छन् ती
मध्ये केही यहाँ भनिएको छ

बेसारको पात
बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको
एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो
गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् ।
यसलाई दिनहँु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

आलुको जुस
आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर
पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि
पिउनुहोस् ।

अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्काे तरिका अदुवा हो । अदुवालाई औषधिको
रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो
समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग
पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।

बेकिङ सोडा
बेकिङ सोडामा धेरै मात्रामा Antacid भएको कारण यसले ग्यास्ट्रिकको समस्या
हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस्
र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।

दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर
मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले
ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।

हिंग
हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा
राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या
हट्दै जान्छ ।

जिरा बिउ
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र
केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन
गर्नुहोस् ।

लसुन
२ ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस्
। ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा
राखी उमाल्नु र यसको सेवन गर्नु ।

सौंप
सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा
सौंपको दाना राखी उमाल्नस् र सेलाए पछि खानुहोस् ।
पुदिना
एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा
मह हालेर दिनको दुई / तीन पटक खानुहोस् । यसले
ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ

The post ग्यास्ट्रिकका उपचार अब आफैँ गर्न सकिने… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xJ5wNw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top