Photo of Milford Sound in New Zealand

श्रीनगर (भारत नियन्त्रित काश्मिर ) । भारत नियन्त्रित काश्मिरमा शनिबार भएको गोली हानाहानमा कम्तीमा दुई जना लडाकूको मृत्यु भएको छ ।

श्रीनगरदेखि १६५ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने कुप्वारा जिल्लामा भएको गोली हानाहानमा परी उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

लडाकूहरु भारत नियन्त्रित कश्मिरको भित्री भागमा घुसपैठ गर्ने प्रयास गरेकाले उनीहरु माथी कारबाही गरिएको भारतीय सेनाका प्रवक्ता कोल राजेश कालियाले जानकारी दिनुभयो ।

आज हाम्रो सुरक्षा फौज माचिल क्षेत्रमा गएको थियो, घुसपैठ गर्न खोज्ने लडाकूहरुलाई सुरक्षा फौजले कारबाही गरेको छ, कालियाले सिन्ह्वासँग भन्नुभयो ।

प्रवक्ताका अनुसार घटनास्थल क्षेत्रमा अहिले पनि सुरक्षा कारबाही जारी छ । हिमाली क्षेत्र काश्मिर भारत र पाकिस्तानमा विभाजित छ । दुवै पक्षले सो ठाँउ आफ्नो भएको दावी गर्दै आएका छन् ।

The post काश्मिरमा गोली हानाहान हुदा दुई जना लडाकूको मृत्यु…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wyfFuC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top