मुस्ताङ । मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन्। शव चोक्टा(चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ।
यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ। उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन्।
जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प
उपल्लो मुस्ताङका ६ गाविस मिलेर दुई गाउँपालिका बनेको छ। छोन्हुप, छ्होसेर, लोमान्थाङ गाविस मिलेर लोमान्थाङ गाउँपालिका बनेको छ भने चराङ, घमी र सुर्खाङ गाविस मिलेर दालमे गाउँपालिका बनेको छ। यहाँ विष्ट (थकाली), गुरुङ र विश्वकर्मा समुदायको बसोबास छ।
यो समुदायमा कसैको मृत्यु भयो भने लामागुरुले जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प दिन्छन्। ‘कसैलाई जलाउनू भन्छन्, कसैलाई गाड्नू भन्छन्। कसैलाई काटेर पानीमा बगाउनू भन्छन्, कसैलाई चोक्टाचोक्टा पारेर गिद्धलाई खुवाउनू भन्छन्’, विष्ट भन्छन्, ‘काटेर गिद्धलाई खुवाउनुचाहिँ सबैभन्दा राम्रो मानिन्छ ।’
गिद्धले दिसा गरेपछि
शवको मासु खाएर गिद्धले डाँडाकाँडामा दिसा गरेपछि मरेको मान्छेको पनि वरत्रपरत्र राम्रो हुन्छ र कुलवंश पनि फैलिन्छ भन्ने धार्मिक विश्वास रहेको उनी बताउँछन्। गाड्नुलाई भने नराम्रो मानिन्छ। ‘कुनै डरलाग्दो सरुवारोग लागेर मरेको मान्छेलाई गाड्ने सुझाव लामागुरुले दिन्छन्’, दालमे गाउँपालिकाका प्रमुख राजु विष्टले भने।
‘सरुवा रोगको महामारी वा घाउ खटिराले मरेकालाई कि गाड्ने कि काटेर कालीगण्डकीमा बगाउने चलन छ’, उनी भन्छन्, ‘गाड्दा लासको रोग अरूमा फैलन पाउँदैन। रोगी मान्छेलाई काट्दा अरूलाई पनि सर्छ। गिद्धलाई पनि सर्छ।’
पानीमा बगाउने विकल्प पनि रोजाइमा नपर्ने उनी बताउँछन्। ‘पानीले रोगका कीटाणु नाश गर्छ भनेर सरुवा रोगले मरेकालाई चोक्टा चोक्टा बनाएर पानीमा बगाउने विकल्प पनि दिन्छन्’, उनी भन्छन्।
उनका अनुसार पहिलो प्राथमिकता काटेर गिद्धलाई खुवाउनु, दोस्रो रोजाइको विकल्प जलाउनु, तेस्रो विकल्प काटेर पानीमा बगाउनु र चौथो प्राथमिकता गाड्नुलाई दिने गर्छन्। लास कुहिने, किरा लाग्ने भएकाले गाड्ने चलनलाई नराम्रो मान्ने धार्मिक विश्वास रहेको स्थानीय शिक्षक धु्रव बराल बताउँछन्।
लास काट्ने अलग्गै चलन
लास काट्ने पनि यो समुदायको अलग्गै चलन छ । मावलीलाई रगतको र दूधको नाता मानिन्छ । रगतको नाता पर्नेले मासु ९रगत० काट्न हुँदैन भन्ने जनविश्वास छ । बुबातर्फका आफन्तलाई हाडनाता भनिन्छ । हाडनाता पर्नेले हड्डी फुटाउनु हुँदैन भन्ने जनविश्वास छ । ‘दूधको नाताले मासु काट्न नहुने, हाडको नाताले हाड फुटाउन नहुने भन्छन्’, उनी भन्छन्, ‘त्यसैले हाडनाता पर्नेले मासु काट्छन् । दूध ९रगत०को नाता पर्नेहरूले हड्डी फुटाएर धुलोपिठो पार्छन् । हड्डीलाई पिठो र रगतमा मुछेर गिद्धलाई खुवाउँछन् ।’ धुलोपिठो बनाउन नसक्ने खालको हड्डीलाई गाडेर अन्तेष्टि गर्छन् ।
लास काट्ने मान्छेको अभाव
समयको परिवर्तनसँगै तल्लो मुस्ताङमा लास काट्ने मान्छेको अभाव हुन थालेको छ । जलवायु परिवर्तनका कारण तल्लो भेगमा गिद्ध पनि लोप हुँदै गएको छ । लामाले मन्त्र पढेर, शंख फुकेर बोलाउँदा पनि गिद्ध नआएमा लामाले गिद्धको अभिनय गरेर उफ्रिदै-उफ्रिदै मासु, हाड सबै नदीमा लगेर बगाउने गर्छन् । ‘तल्लो मुस्ताङमा चाहिँ जलवायु परिवर्तनको कारणले होला अहिले गिद्ध पाउन गाह्रो छ’, अर्का स्थानीय शिक्षक प्रदीप पोखरेल भन्छन्, ‘गिद्ध अभाव भए पनि पुरानो चलन त छाड्नु भएन ।
गिद्ध आएन भने लामाले गिद्धको अभिनय गरेर मासु र हड्डी नदीमा बगाउँछन् । लास काट्न जो-कोही तयार हुँदैनन्’, उनी भन्छन्, ‘लास काट्ने मान्छे पाउन पनि छाड्यो । गिद्ध पनि आउन छाड्यो । आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
The post नेपालकै यस्तो ठाउँ, जहाँ लास काटेर गिद्धलाई खुवाइन्छ appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2iOHfSO
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.