Photo of Milford Sound in New Zealand

नवलपरासी। नवलपरासीको कावासोतीका शिक्षक रामप्रसाद चापागाई बिहान स्कुल जान भनेर हिँडेका थिए । अर्की बर्दघाटकी १२ वर्षकी बालिका अस्मिता गुरुङ पनि स्कुल नै गएकी थिइन् । त्, दुवै फर्किएनन् ।

शिक्षक बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दर्ता गराएका छन् । नवलपरासीको कावासोतीका रामप्रसाद चापागाईं देबचुली नगरपालिकामा रहेको विश्वज्योति बोर्डिङ स्कूलमा पढाएर घर नफर्किएको भनी परिवारजनले प्रहरीमा निवेदन दिएका हुन् ।

गत भदौ १६ गते शुक्रबार विद्यालयमा पढाएर हिँडेका रामप्रसाद घर नआएपछि बुधबार प्रहरीमा श्रीमती संगिता र बुबा दुर्गादत्त चापगाईंले निवेदन दर्ता गराएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

रामप्रसादकी श्रीमती संगिताले भनिन्, ¬विद्यालयबाट ४ बजे निस्किएको विद्यालय प्रशासनले जानकारी दियो तर पाँच दिनसम्म पनि उहाँ आउनुभएन ।’ फोन सम्पर्क गर्दासमेत सम्पर्क हुन नसकेको उनले बताइन् ।

पैसट्ठी वर्षीय बुबा र २५ वर्षीया श्रीमतीले प्रहरीमा निवेदन पेश गर्दै भने, ‘आउनुहुन्छ होला भन्दै बाटो हेरेको हेरै भइयो, तर आउनुभएन, त्यसैले प्रहरीमा निवेदन दर्ता गर्न आएका हौँ ।’

रामप्रसाद के कारणले हराए भन्ने विद्यालय र परिवारलाई थाहा छैन । कावासोतीबाट चार किलोमिटर दूरीमा रहेको उक्त विश्वज्योति बोर्डिङ्मा उनी गत वैशाखदेखि पढाउन थालेका थिए ।

यसैबीच, नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराघारीको एक बालिका बेपत्ता भएकी छिन् ।

आशा गुरुङकी १२ वर्षीया छोरी अस्मिता मंगलबार गंगा मावि गंगाबस्तीबाट साथीसँग पौडी खेलिरहेको अवस्थामा तीनजना साथी घर फर्के तर अस्मिता दाईको ससुराली सर्दी जान्छु भनी हिँडेको तर त्यहाँ नपुगेको र घर पनि नफर्केको आमा आशाले जानकारी दिइन् ।

गहुँगोरो वर्णकी आकासे रङको सर्ट र निलो स्कर्ट लगाएकी अस्मितालाई भेट्ने हुने वा देख्ने जो कोहीले तुरुन्त परिवारलाई अथवा नजिकैको प्रहरीमा खबर गरिदिनका लागि हराएकी बालिकाकी आमा आशाले आग्रह गरेकी छिन् ।रासस

The post न फर्किए स्कुल गएका शिक्षक, न स्कुलबाट फर्किइन् बालिका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jf3Qby
via IFTTT

0 comments:

Post a Comment

add

 
Top