Photo of Milford Sound in New Zealand

‘प्रेमगीत’बाट स्टार बनेका नायक हुन् प्रदिप खड्का । ‘प्रेमगीत २’ को सफलता पछि उनको क्रेज थप बढेको छ । चक्लेटी अनुहारका प्रदिप सर्वाधीक मनपराईएका नायकमा पर्छन् । हालै एमबिए ग्रयाजुएट भएका प्रदिपले अर्को सफलता पाएका छन् । अब उनले नेपालमा सबैभन्दा ‘महंगो’ नायकको रुपमा आफुलाई उभ्याएका छन् । हालै घोषणा गरिएको ‘लिलि बिलि’ फिल्ममा २२ लाख पारिश्रमिक लिँदै प्रदिप सर्वाधिक ‘डिमान्डेड’ नायक बनेका हुन् ।

उसो त प्रदिपले २२ लाख पारिश्रमिक लिएर फिल्ममा काम गर्न थालेको हल्ला पहिले देखि नै थियो । त्यो हल्ला सत्य ठहरिएको छ । २२ लाख पारिश्रमिक लिँदै प्रदिप महंगा अभिनेता बनेका हुन् । नेपालका नायकहरु मध्य प्रदिपले लिएको पारिश्रमिक सबैभन्दा धेरै हो । यससँगै अन्य नायकले लिएको सबै पारिश्रमिक प्रदिपले ब्रेक गरेका छन्। यसअघि नायक अनमोल केसीले ‘क्रृ’ का लागि “२० लाख” पारिश्रमिक लिएका थिए । ‘लिलि बिलि’ घोषणामा आफुले २२ लाख पारिश्रमिक लिएको उनले सहमति जनाए । gazzabkoonline

The post अनमोलको रेकर्ड ब्रेक गर्दै प्रदिप बने ‘महंगा’ नायक ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2y8jPvk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top