Photo of Milford Sound in New Zealand

सोल : देश विदेशमा रहेका नेपाली हिन्दूरुको महान् पर्व दशै मनाउने तयारीमा रहेको बेलामा दक्षिण कोरियामा रोजगारीमा आएका तीन नेपालीको मृत्यु भएको छ।

रोजगार अनुमति प्रणाली ईपीएस मार्फत करिब चार महिना अघि यहाँ आएका गुल्मी स्थायी घर भई बुटवलको नयाँगाउ बस्दै आएका कमल कार्कीले आत्महत्या गरेको भोलिपल्ट मंगलबार सुतेको अवस्थामा थप एक जना र औद्योगिक दुर्घटनामा अर्को एक गरी तीन जनाको मृत्यु भएको हो।

ख्यङगिदोको हवासङस्थित छोआमको एक मोर्टरपार्टस बनाउने कम्पनीमा कार्यरत कार्की कम्पनीको छेउमा रहेको गोदामको फलामे बिमामा झुण्डिरहेको अवस्थामा फेला परेका थिए भने इन्छनको एक कम्पनीमा कार्यरत प्युठानका अर्जुनराम केसी औद्योगिक दुर्घटनामा परी मृत्यु भएको दुतवासले जनाएको छ । कम्पनीमा कार्यरत एक सहकर्मीले भुलवश मेसिन चलाएपछि उक्त दुर्घटना हुन पुगेको बताइएको छ।

त्यस्तै सोमबार राती मध्यपान गरेर सुतेका गुल्मीकै एक युवा विहान मृत अवस्थामा भेटिएका छन् । मृतकको विस्तृत विवरण आउन भने बाँकि छ। मृतकको शव अहिले अस्पतालमा राखिएको दुतावासले जनाएको छ ।

रोजगारी अनुमति प्रणाली इपिएस मार्फत रोजगारीका लागि नेपाली आउने क्रम बढेसँगै आत्महत्या, कार्यस्थल दुर्घटना लगायत विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या वृद्धि भइरहेको छ ।

अन्य भन्दा आत्महत्या र सुतेको अवस्थामा ज्यान गुमाउनेको संख्या विकराल बनिरहेको छ । सन् २०१७ यता आत्महत्या गर्ने नेपालीको संख्या आठ पुगिसकेको छ भने सुतेको अवस्थामा मृत्यु हुनेको संख्या पनि उत्तिकै छ ।

कोरियामा कठिन काम लगायत विविध कारणले डिप्रेशनमा परेर आत्महत्या रोज्ने क्रम बढेपनि न्यूनिकरण गर्न नेपाल सरकार र सरोकारवाला निकायले खासै सक्रियता देखाएको छैन् ।

यहाँस्थित नेपाली दुतावासले तनाब व्यवस्थापनका कार्यक्रम पनि विभिन्न स्थानमा बेला बेलामा गरेपनि प्रभावकारी बन्न सकेको छैन् ।

अन्नपूर्ण पोस्टबाट

The post यता दशैको रौनक छाइरहेको छ उता कोरियामा ३ नेपालीको मृत्यु भएको दुख खबर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ftXTCP
via IFTTT
28 Sep 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top