Photo of Milford Sound in New Zealand

काठमाडौं, २१ भदौ — हिमालयको फेदमा रहेको एक दुर्गम स्थानमा भगवान् शिवले गणेशजीको टाउको काटेको मान्यता छ । पछि माता पार्वतीको प्रार्थनापछि यही ठाउँमा गणेशजीको जिउमा हात्तीको शिर लगाइएको थियो ।

यो गुफाको नाम पाताल भुवनेश्वर हो र यो भारतको उत्तराखण्डमा रहेको पिथौरागढ जिल्लामा छ । खतरनाक पहाड र घना जंगल पार गर्दै यहाँ पुग्न सकिन्छ ।
समुद्र सतहभन्दा एक हजार ६ सय ७० मिटरको उचाईंमा रहेको यो गुफा अल्मोडाबाट २२० किलोमिटर टाढा खतरनाक पहाडहरूको बीचमा छ ।
गुफाबाहिर मन्दिर छ र त्यहाँका पुजारी हुन् नीलम भण्डारी ।
गुफामा अक्सिजनको कमी छ र सासको समस्या हुने मानिसले कुनै हालतमा त्यहाँ पस्न हुँदैन ।
नब्बे मिटर गुफामा ओर्लनका लागि ८८ वटा सिँढी छन् । गुफाका भित्तामा पानी चुहिने भएकाले सिँढी चिप्लो छ ।

गुफामा प्रवेश गर्नका लागि तीन फीट चौडा र चार फीट लामो मुख छ । मान्यताअनुसार यहाँ श्रद्धापूर्वक आउने व्यक्ति मात्र पस्न सक्छ ।
स्कन्द पुराणको मानसखण्डको १०३ अध्यायमा यो गुफाको उल्लेख छ । पुराणमा लेखिएअनुसार भगवान् शिवले गणेशजीको शिर यही गुफामा उडाइदिनुभएको थियो । पार्वतीको रक्षा गर्न खटिएका गणेशजीले शिवजीलाई गुफाभित्र प्रवेश गर्न नदिएपछि रिसाएर श्रीमहादेवले शिर काटिदिनुभएको थियो ।
गुफाका पुजारी नीलम भण्डारीले अयोध्याका राजा ऋतुपर्णले यो गुफाको खोज गरेका हुन् । उनी भगवान् शिवका परमभक्त थिए ।
ऋतुपर्णको साम्राज्य आजभन्दा ६ हजार सात सय ३६ वर्षअघि थियो ।
वैशाख जेठमा यो गुफामा भक्तजनको भीड लाग्ने गर्छ ।
दैनिक भास्करबाट

The post शिव भगवानले कहा काट्नुभएको थियो गणेशजीको शिर…. पुरा पडेर सेयर अवस्य गर्नुहोला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jdKALl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top