Photo of Milford Sound in New Zealand

श्रावण ११, २०७४-स्वस्तिमा खड्का ‘होस्टेल रिटन्र्स’ बाट डेब्यु गरिन् सहनायिका बनेर । उक्त फिल्मबाट थोरबहुत क्रेडिट पनि पाइन् । त्यसपछि ‘लभ लभ लभ’ मा सोलो नायिका बनेर गत वर्ष देखा त परिन् तर यसपटक भने उनको खासै चर्चा हुन पाएन । जबकि फिल्म हेर्नेले उनको कामको खुलेर प्रशंसा गरे ।

तर फिल्म नै हेर्न भने कमै गए । आखिर भाग्य न हो, ‘दुई रुपैयाँ’ फिल्मको एक गीत ‘कुटुमा कुटु सुपारी दाना’ मा नाचिदिएकी स्वस्तिमाले यतिबेला नचिताएको चर्चा बटुलेकी छन् । उक्त गीतले सात हप्तामै युट्युबमा एक करोड बढी भ्युअर्स बटुलेको छ । आफ्नै पतिसमेत रहेका ‘दुई रुपैयाँ’ का नायक निश्चल बस्नेतसँग नाचेकी स्वस्तिमालाई कमेन्ट्समा समेत राम्रो प्रतिक्रिया मिलिरहेको छ ।

यसअघि नायिका प्रियंका कार्कीलाई यस्तो सफलता मिल्दै आएको थियो । ‘कुटुमा कुटु’ मा खुबै रुचाइएपछि भने अब भने प्रियंकाको विकल्प देखिएको फिल्मकर्मी बताउन थालेका छन् । kantipur.ekantipur

The post करोडकी स्वस्तिमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2gWoEQu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top