Photo of Milford Sound in New Zealand

नेपाली चलचित्रकी सफल नायिका प्रियंका कार्कीले पहिलोपटक नेपाली लोकदोहोरी गीतमा अभिनय गरेकी छन् । नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीतमा नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले कम्मर मर्काएकी छन् । एक दशक भन्दा लामो समयदेखि लोकदोहोरीमा सक्रिय गीतकार तथा संगीतकार शिब सुबेदीको शब्द–संगीत रहेको उक्त गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् । राजिब समीरको कोरियोग्राफीमा अर्जुन तिवारीले क्यामरा चलाएका छन् ।

फिनल्याण्डमा बस्दै आएका गायक नबिन भट्टराईको यो दोश्रो गीत हो भने प्रिया भण्डारीले गएको स्थानीय चुनावमा एमालेको गीत गाएर धेरैको मन जितेकी थिइन् । पढाइको सिलसिलामा युरोपमा बस्दै आएका शिब सुबेदीका घामजस्तो चम्किलो जुन हुदैन, आमा तिम्रो दुधको भारा, कल्पनामै भएनी, खै हाम्रो दिलमा त, तिम्रै झल्को दियो लगायतका दर्जनौ लोकप्रिय गीतहरु बजारमा छन् । सार्वजनिक नसोध कसैले’ बोलको गीतले बाबु–बाजेको पुस्तालाई याद दिलाउँछ । आफ्ना बाबु–बाजेले नुन लिन बटौली (अहिलेको बुटवल) जाने गरेको तर आफु भने मायालाई लिन जाने सोच बनाएको भाव गीतले बोकेको छ ।हेर्नुहोस भिडियो ..

The post पहिलोपटक लोकदोहोरी गीतमा नायिका प्रियंका कार्की हेर्नुहोस भिडियो .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2fqQrsn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top