Photo of Milford Sound in New Zealand

बेइजिङ। चीनले संसारकै सबैभन्दा अग्लो र लामो सिसाको पुल बनाएको छ । अहिले यो पुल सर्वसाधारणको उपयोगको लागि खुल्ला गरिएको छ । चीनले आफ्नो हुनान प्रान्तमा बनाएको यो पुल १४१० फिट लामो छ ।

जमिनबाट ३ सय मिटर अग्लो यो पुलमा प्रयोग गरिएको ९९ ट्रियल लेयर्ड सिसाका कारण पुल पूरै पारदर्शी छ । यो पुलबाट निकै तल खोंचमा हेर्न सकिन्छ । यो पुल थिननमेन माउन्टेन नेशनल पार्कमा दुई चट्टानमा बनाइएको छ । चीनले यो पुल बनाउने प्रेरणा हलिउडको ब्लकबस्टर फिल्म अवतारबाट लिएको बताइन्छ । यो पुल बनाउन ३.४ मिलियन डलर खर्च लागेको बताइएको छ । भिडियो हेर्नुहोस् –

The post चीनले बनायो संसारकै अग्लो र बलियो सिसाको पुल, गाडी कुदाउँदा पनि केही हुँदैन (भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x87b23
via IFTTT

0 comments:

Post a Comment

add

 
Top